
नेपालगन्ज, २६ सावन – इम्पेरियल इन्टरटेन्टमेन्ट प्रा.लि.द्वारा रक्तदान जीवनदान उद्देश्यका साथ पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ५४ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन ।
माजोङ्ग नेपालगन्ज क्यासिनो परिसरमा आयोजित सो रक्तदान कार्यक्रममा दिनेश लोप्चु, राजेनश्वर, बिश्वराज अधिकारी, प्राक्रम बम, बसन्तराज जोशी, प्रकाश मल्ल, दिपेन्द्रप्रसाद अधिकारी, राधेश्याम चौधरी, दिलिपकुमार खत्री, श्यामकुमारी थारु, दिक्षा चौधरी, केशव आचार्य, ललिता केसी, लक्ष्मी बुढा, पूजा गुभाजु, अम्मरबहादुर खडका, रोशन घिमिरे, महेशबहादुर बिष्ट, ताराबहादुर राना, योगेश शाही, गणेश भण्डारी, सञ्जोग श्रेष्ठ, अमृत रेग्मी, उषा शाही, संगिता थापा, हिरालाल खडका, रमेश अधिकारी, स्वपलिन श्रेष्ठ, सञ्जय चौधरी, भुवन दर्लामी, मिना शर्मा, बुद्धिराम कुँवर, दिपकराज भट्ट, बिवेक पौडेल, सरोज सिलवाल, प्रिया केसी, ज्योति कञ्चन बिसी, आकाश कुवँर, निखिल सिंह कुवँर, दिलबहादुर बिक, अरुण शाह, दमन शाही, श्यामराज न्यौपाने, बीरेन्द्रप्रसाद अधिकारी, अमित अधिकारी, डम्बरबहादुर चन्द, अस्मिता सुनार, सुदिक्षा ठगुन्ना, राजु डी राना, पुष्कर उपाध्याय, लव राना, छपेन्द्र बिष्ट, सिर्जना शाही लगायतले रक्तदान गरेका थिए ।
यसरी रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, होमराज गिरी, सन्दिप आचार्य, बैकुण्ठ रेग्मीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।
