Saturday, April 25सत्यम खबर
Shadow

फुल्टेक्रा माविमा बृक्षाराेपण

नेपालगन्ज, १८ असार – क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जले आफ्नो वृक्षरोपण तथा सरसफाइ अभियान अन्तर्गत आज १९३ ओैं हप्तामा नेपालगन्ज उपमहानगरपालिका वडा न.६ स्थित फुल्टेक्रा माध्यमिक विद्यालय प्रांगणमा २५ वटा विभिन्न जातका बिरुवा वृक्षारोपण गरेको छ ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको संयोजक डा. विनोद कर्णको संयोजकत्वमा फुल्टेक्रा माविका शिक्षक, शिक्षिका, व्यवस्थापक समिति, स्थानीय जनता तथा नेपालगन्ज ग्यालरीको टिम लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालगन्जलाई हरियालीमय बनाउने उद्देश्यले हामीले १९३ ओैं हप्तासम्म आइ पुग्दा नेपालगन्जका धेरै स्थानहरुमा वृक्षारोपण र सरसफाइ मात्र नभई बाँकेका विभिन्न स्थानहरुमा पनि वृक्षारोपण र सरसफाइ गरेको डा. कर्णले जानकारी गराउँदै यश वर्षामा करीब ५ सय बृक्षाराेपण गर्ने तयारी रहेकाे बताउनुभयाे । बुक्षाराेपण कार्यक्रममा नेपालगन्ज ग्यालरीका सञ्चालक समीर श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंह, समाजसेवी तथा फुल्टेक्रा माविकाे नयाँ भवन जग्गादादा माधवराम बर्मा, कार्यपालिका सदस्य संगीता रेग्मी, दिलिप रेग्मी, क्लीन नेपालगन्ज, ग्रिन नेपालगन्जकाे टीम, विधालय व्यवस्थापन समितिका पदाधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *