Thursday, June 12सत्यम खबर
Shadow

सबैको प्रिय बने शुक्ला घरदैलो कार्यक्रममा घर घर स्वागत

सकिल अहमद राई
जानकी, २१ बैशाख – जानकी गाउँपालिका वडा नं ३ मा नेपाल एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बन्नु भएका तुलसीराम शुक्लाकाे सहूले सभ्य र भव्य रूपमा घरदैलो कार्यक्रम गरिरहेको छ । अध्यक्षका उम्मेदवार शुक्लाकाे समूहलाई दिनदिनै समर्थक थपिरहेका छन् ।

नेकपा एमाले वडा नं ३ निर्वाचन परिचालन कमिटीका संयाेजक आबाद सिद्धिकीका अनुसार यस पटककाे निर्वाचनमा जनताले अत्यधिक मत दिएर सूर्यध्वाजा बहाक उम्मेदवारी बिजयी हुने बताउनु भयाे ।

अध्यक्ष सहित वडाका सबै सदस्य र नेकपा एमालेका नेता कार्यकर्ता सूर्यध्वाजा बहाक उम्मेदवारलाई निर्वाचित गराउन मतदाताकाे घरदैलोमा पुगेका छन् । पालिका अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताललाई समेत विजयी गराउन वडा नं ३ का मतदाता जुटेको संयाेजक सिद्धिकीले बताउनु भयाे ।

वडा नं ३ मा शुक्लाका समूहलाई घरघरमा नागरिकले स्वागत गरिरहेका छन् । हामी वडा नं ३ मा प्रतिपक्ष भएपनि ५ वर्षको कार्यकालमा शिक्षा क्षेत्रकाे उल्लेख्य विकास र ठूला सडक सबै पक्की बनाएका छाै । याे सबै हाम्रो याेगदान हाे भन्नुहुन्छ वडा सदस्यका उम्मेदवार बब्लु सिद्धिकी । उहाँका अनुसार अबको विकास किसान हितमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *