Wednesday, April 22सत्यम खबर
Shadow

सेवा इन्टर नेशनल तथा हिन्दु स्वयंसेवक संघद्वारा मास्क र फेससिल्ड वितरण

नेपालगन्ज, ११ माघ – काेभिड१९ काे तेस्राे भेरियन्ट ओमिक्राेनकाे लक्षणमा बृद्वि हुँदै गईरहेकाे अवस्थालाई ध्यानमा राखी “स्वास्थ्यका लागि सुरक्षा मापदण्डको पालना गरौं । स्वास्थ्य नै जीवन हो ।” भनी आज नेपालगन्जमा चेतनाकाे लागि मास्क र फेससिल्ड वितरण गरिएकाे छ ।

सेवा इन्टर नेशनल नेपाल तथा हिन्दू स्वयं सेवक संघद्वारा संयुक्त आयाेजनामा आज मंगलबार जमुनाहा नाकादेखि भन्सार कार्यालय, चौलिक्का, ट्रैफिक आफिस, गणेशमान चौक, बिपी चौकसम्म डियुटीमा सेवारत खटेका प्रहरी जवान, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी एवं सर्वसाधारणहरूलाई पाँच हजार मास्क तथा एक हजार फेससिल्ड वितरण गरिएकाे छ ।
वितरण कार्यक्रममा सेवा इन्टर नेशनल बाँकेका संयोजक कृष्णादेवी पाण्डेय, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष करन वर्मा, हिन्दू स्वयं सेवक संघका आनन्द रौनियार, प्रकाश नेपाली, रत्न शाही, आकाश सिंहलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे संयाेजक पाण्डेयले जानकारी गराउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *