
नेपालगन्ज, १० मंसिर – इलाका प्रहरी कार्यालय भगवानपुरको विशेष सुराकीको आधारमा गौवध मुद्दामा फरार २ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला बाँके नरैनापुर ६ बस्ने वर्ष ४२ को अन्जली अलि दर्जी र सोही ठाउँका वर्ष २१ को असगर अलि दर्जीलाई गौवध मुद्दामा बाँके जिल्ला अदालतको ०७७÷१२÷०९ गतेको फैसलाले २ महिना २९ दिन कैद तोकिएकोमा फरार प्रतिवादीहरु हालसम्म फरार रहेको हुँदा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले मंसिर ९ गते पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाईएको जनाईएको छ ।
