
काठमाण्डौ, २१ कार्तिक – ताइवानको स्वतन्त्रता को समर्थन गर्नेलाई आपराधिक कारबाही चलाउने बताएपछि ताइवानले आफ्नो स्वतन्त्रता र लोकतन्त्रताका लागि लडिरहने बताएको छ ।
ताइवानलाई लिएर विवादले उग्र रुप लिइरहेका बेला चीनले चेतावनीयुक्त वक्तव्य निकालेको थियो । ताइवानमा चीनको यस चेतावनीलाई लिएर आक्रोश बढिरहेको छ । ताइवानबासीले यसलाई हाँसोको विषय पनि बनाइरहेका छन् । चीनले पहिलो पटक ‘ताइवानको स्वतन्त्रता’ को समर्थकलाई कारबाही चेतावनी दिएको हो ।

चीन ताइवानलाई अहिले पनि आफ्नो एक प्रान्त मान्छ । उसले यस द्वीपलाई आफ्नो नियन्त्रणमा लिनका लागि बल प्रयोगको सम्भावना बढ्दै गएको छ । अर्कातिर ताइवान आफूलाई एक स्वतन्त्र देशका रुपमा विश्वमाझ पेश गर्दै आएको छ । उसले आफ्नो स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहेको बताएको छ ।
चीनस्थित ताइवान मामिला कार्यालयले ताइवानका प्रमुख प्रिमियर सुत्सेङ्ग चाङ्ग, संसदका सभामुख यु सि–कुन र विदेश मन्त्री जोसेफ वु को नाम लिँदै उनीहरुलाई ुताइवानको स्वतन्त्रताको समर्थनको पक्षमा उभिएकाको सूचीु मा राखेको छ ।
