Sunday, April 26सत्यम खबर
Shadow

नेपालगन्जमा वाइसीएल नेपालको मन्त्री भेटघाट कार्यक्रम

साहिल शेष
नेपालगन्ज, २८ असोज – नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ का सांसद महेश्वरजंग गहतराज (अथक) युवा तथा खेलकुद मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला आउनु भएको छ ।

योङ कम्युनिष्ट लिग नेपालको आयोजनामा स्वागत तथा दशै शुभकामना आदानप्रदान कार्यक्रमका साथै कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ ।

वाइसीएल नेपाल नगर कमिटि अध्यक्ष इमाम खानको अध्यक्षतामा दशैंको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आज नेपालगन्जको उद्योग व्यापार संघको सभा हलमा गर्न लागेका हुन ।

हिजो मन्त्री अथकलाई एयरपोर्टसम्म पुगेर सैयौंको संख्यामा नेता तथा कार्यकर्ताले फुलमाला र खादा ओढाएर भव्य स्वागत गरेका हुन ।

नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै मन्त्रीलाई कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका थिए । मन्त्रीका कार्यकर्ता तथा शुभचिन्तकले नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म मोटरसाईकल र्‍यालीसहित स्कटिङ गरेका मुस्लिम मुक्ती मोर्चा केन्द्रिय सचिवालय सदस्य काश्मिरा खातुनले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *