Sunday, April 26सत्यम खबर
Shadow

प्रथम बागेश्वरी कप : न्यू डाँफे र रोयल फाइनलमा

नेपालगन्ज, २० असाेज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र रोयल नेपालगन्ज फुटबल क्लव फाइनलमा प्रवेश गरेका छन् ।

न्यू डाँफेले नेपाली सेनाको भैरवप्रसाद गण र रोयलले हेल्थ
विनिफिटनेसलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा न्यू डाँफेले भैरवप्रसाद गणलाई १–० गोलले पराजित गर्यो । खेलको २४ मिनेटमा सुदीप सलामीले गरेको गोल नै निर्णायक भएको थियो । भैरवप्रसाद गणको डीएरिया बाहिरबाट पाएको फ्रिकिकलाई सलामीले गोलमा परिणत गरेका थिए । त्यसपछि दुवैतर्फबाट केही अवसर सिर्जना गरेपनि गोल हुन सकेन ।

यो खेलमा न्यू डाँफेका कृष्ण रानाभाट म्यान अफ द म्याच भए । उनलाई जीमप्रशिक्षक अमृत घलेले पुरस्कृत गरे । अर्को खेलमा रोयलले हेल्थ विनिफिटनेसलाई २–० गोलले पराजित गर्यो । रोयलको तर्फबाट यमबहादुर बुढाथोकीले १२ मिनेट र भुपेन्द्र शाहीले २३ मिनेटमा गोल गरेका थिए ।

रोयलको अगाडि विनिफिटनेस कमजोर देखिएको थियो । रोयलका नरेन्द्र शाहले फाउल हानेपछि रेडकार्ड पाएका छन् । यो खेलमा रोयलका अतिश विक म्यान अफ म्याच भए । उनलाई रोयल नेपालगन्ज फुटबल क्लवका कोषाध्यक्ष अमृत श्रेष्ठले पुरस्कृत गरे ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल खेल बिहीबार दिउँसो २ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *