
नेपालगन्ज, १९ असाेज – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको अध्यक्षमा नरेन्द्र पौडेल पुनः विजयी भएका छन् । जिल्ला समन्वय समितिको हलमा मंगलवार भएको अधिवेशनमा पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र राप्रपाका केन्द्रिय सदस्य समेत रहेका प्रजातान्त्रिक राष्ट्रिय युवक संगठनका उपाध्यक्ष ऋषिराज देवकोटाको समर्थनमा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचित भएपछि पौडेलले पार्टीलाई थप सशक्त र सवल बनाउन सवैसँग सहकार्य गरि अगाडी बढ्ने बताए । उनले हिन्दू धर्म राष्ट्र बनाउन पार्टीले चाल्ने अभियानमा लाग्ने प्रतिवद्धता समेत जनाए ।
अधिवेशनले अध्यक्ष र सदस्य मात्र चयन गरेको पौडेलले बताए । उनले आगामी दिनमा हुने राप्रपा लुम्बिनी प्रदेशको अध्यक्षमा ऋषिराज देवकोटालाई जिताउनु पर्ने बताए । ‘ऋषिजी सशक्त, जुझारु, निडर यूवा नेता हुनुहुन्छ । देशलाई उहाँको खाँचो छ,’ अध्यक्ष पौडेलले भने ।
