Saturday, April 25सत्यम खबर
Shadow

जसपा नेपालको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

कपिलवस्तु, १६ असोज – विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्तर्गत विजयनगर गाउँपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ ।

मो.मुजामिल पठानको अध्यक्षतामा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिंदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण, पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भए गरेका कार्यलाई जसपाले निगरानी गर्ने आवश्यकता रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ ।

साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पुरीले बताउनुभयो । पार्टीको निर्देशन अनुसार सो सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत पार्टी भित्र रहेका निस्कृय दोधारे चरित्र पार्टी प्रति बेवास्ता गर्नेलाई पाखा लगाई नयाँ तरिकाले अगाडी बढ्ने कार्यक्रमको मुल उद्देश्य रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्तराम तेलीले बताउनु भएको छ ।

कार्यक्रममा प्रदेश सदस्य रहिस खाँ,ज.स.पा नेता राजकुमार चौधरी, यूवा नेता वजरङगी गुप्ता, विजनलाल श्रीवास्तव, कैलस चौधरी, वृजराज चौधरी, वार्ड नं.१का सभापति राजकुमार भुज, वार्ड नं.२ का उपसभापति तुलसीराम भर, वार्ड नं.३ का सभापति अब्दुल गनी, वार्ड नं.४ का सभापति जिवनलाल तिवारी, वार्ड नं.५ का सभापति शिवनारायण तेलीको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका जसपा पार्टी अध्यक्ष राजकुमार भुजको अध्यक्षता विजयनगर गाउँपालिकाको जसपा नेपाल वडा इकाइ कमिटी सदस्य अशोककुमार कलावारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *