Thursday, April 23सत्यम खबर
Shadow

ढुंगा खसेर ८ जना विद्यार्थीसहित १ शिक्षक घाईते

बारेकाेट, १५ असाेज – बिद्यालय भवनको पर्खालबाट ढुंगा खसेर ८ जना वालबिकासका विद्यार्थी र १ जना शिक्षक घाईते भएका छन ।

बारेकोट गाउँपालिका वड नं २ स्थित बिरेन्द्र एश्वर्य प्राथमिक विद्यालयको बाल बिकास ब्लकको पर्खालबाट ढुंगा खसेर एक शिक्षक सहित ३ छात्रा र ५ जना छात्र घाईते भएका हुन ।

स्कुल पढ्न गएका बाल बिकासका विद्यार्थीको कोठामा ११ बजे ढुंगा खसेपछि विद्यार्थीहरु घाइते भएको र उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार भैरहेको स्थानीय जयराज गिरिले बताए । उनले घाईते मध्य ७ जनालाई सामान्य चोट लागेको र २ जनाको गम्भीर अवस्था रहेको जनाएका छन ।स्थानीय द्वारा निर्माण गरिएको बाल बिकास केन्द्र द्वन्द्वकालमा युद्धमा घाईते भएकाहरुको उपचार गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरिएकाले तत्कालीन माओवादीले उक्त भवन बनाईदिने भनिएतापनी नबनाईएको स्थानीयहरुले गुणासो ब्यक्त गरेका छन । नयाँ ब्लकका लागी सम्बन्धित निकायमा ४/५ पटकसम्म फाईल पेस गर्दा पनि बाल बिकास केन्द्रको नयाँ ब्लक पर्न नसकेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *