Wednesday, April 22सत्यम खबर
Shadow

सभापति खत्री विरुद्धको अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण

कोहलपुर, १५ असोज – नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्रीकाविरुद्ध हालै सार्वजनिक भएको ‘कपोकल्पित’ र ‘भ्रमपूर्ण’ अभिब्यक्तिप्रति कांग्रेस क्षेत्र नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
क्षेत्रीय सचिव लक्ष्मण थारुले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘हारको मानसिकता’ बाट ग्रसित भएका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध भ्रमपुर्ण अभिब्यक्ति दिएको ठहर गरेका छन् । ‘विधि विधान, नीति नियम नमान्दा र दम्भ, अहंकारका कारण क्षेत्र नम्बर १ मा विवाद बल्झिएको भनि क्षेत्रीय सभापतिमाथी लगाएको आरोप खेदजनक छ, यस्ता अपुष्ट र निराधार आरोपका पछाडी नलाग्न हामी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसमा आस्थावान आम नेता, कार्यकर्ताहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘चुनावबाट डराईरहेका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध अनेक षडयन्त्र र अफवाह फैलाएर आफु पन्छिन खोजेको प्रष्ट देखिन्छ, यस्ता ब्यक्तिलाई आमकार्यकर्ताले समयमै पहिचान गर्न आवश्यक छ ।’


केही समययता क्षेत्रीय सभापतिमाथी पटक–पटक प्रहार भइरहेको सचिव थारुले बताएका छन् । ‘क्रियाशिल सदस्यताका विषयमा क्षेत्रीय सभापतिले यसअघि पटक पटक प्रष्ट्याईसक्नु भएको छ,’ उनले भनेका छन्, ‘विधि, विधान विपरित चोर बाटोबाट आएका क्रियाशिल सदस्यताका कारण समस्या उत्पन्न भएको सर्वविदितै छ’, ‘जो चोर उसकै ठुलो स्वर’ भनेझै क्षेत्रीय सभापतिमाथी दोष थुपार्नु अन्योचित हुँदैन ।’
क्रियाशिल सदस्यता नविकरणको हकमा क्षेत्र हुदै जिल्ला जानुपर्नेमा प्रदेश र पालिकाले सिधै जिल्लामा पठाएका थिए । नयाँ सदस्यताको हकमा भने वडा तह, गाउँपालिका÷नगरपालिका, प्रदेश हुदै आएका नामावलीलाई क्षेत्रले सिधै केन्द्रमा पठाएको कुरा सचिव थारुले विज्ञप्तीमार्फत स्मरण पनि गराएका छन् ।


क्षेत्र नम्बर १ मा सदस्यताका सम्बन्धमा उत्पन्न भएको विवादमा क्षेत्रीय सभापतिमाथी एकोहोर दोष नथुपार्न र आफु ‘पानी माथीको ओभानो’ नबन्न सम्बन्धित पक्षलाई सचेत सचिव थारुले सचेत पनि गराएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘पार्टीमा विधि र विधान विपरित चोर बाटोबाट सदस्यता थप्न पाउनुपर्छ, नत्र १३ औं महाधिवेशनकै क्रियाशिल सदस्यतालाई आधार बनाएर अधिवेशन गर्नुपर्र्छ भन्ने ब्यक्तिले नै अहिले अधिवेशन हुन नसक्नुको दोष सबै क्षेत्रीय सभापति खत्रीमाथी एकोहोरो लगाउँदा हामी आश्चर्य चकित भएका छौं ।’
क्रियाशिल सदस्यता विवाद समाधान गर्न केहीदिन अघि काठमाडौंमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी र जीवन परियारको रोहवरमा क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला सचिव तप्त पौडेल र पूर्ण आचार्यबीच छलफल गरी सहमती भए अनुसार नगरेर पुनः चोर बाटोबाट सदस्यता थप्ने कार्य दोहोरिएपछि विवाद बल्झिएको क्षेत्रीय सचिव थारुले प्रष्ट्याएका छन् ।
‘नेपाली कांग्रेसको १४ औ महाधिवेशन समयमा हुन नसकेकोमा हामी अत्यन्त दुःखी भएका छौं । तसर्थ, बाँकेमा रोकिएको अधिवेशन छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाइदिन हामी पार्टी नेतृत्वलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *