Wednesday, April 22सत्यम खबर
Shadow

चलिसवा पर्वमा म पनि उईगर भन्दै शान्तिको अपिल

नेपालगन्ज, १५ असाेज – नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व विहिबार धुमधामका साथ सप्पन्न गरिएकाे छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ ।

हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको छन् ।

चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई समेत शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै सांकेतिक भाषामा सबैको ध्यानाकर्षण गराएका थिए ।

उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । पैदल हिंड्ने क्रममा सो सन्देश फैलाउने उद्देश्य रहेको बताए । सबै जातजातिको मानव अधिकार सुनिश्चित हुन आवश्यक रहेको त्यसमा उईगरहरु अधिकार पनि सुनिश्चित हुन आवश्यक रहेको भन्दै सबै जना शान्तिका साथ बस्ने अधिकार हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *