
मिति : २०७८ असोज ११ गते
शुभम् शर्मा
वैदिक सनातन धर्म जसलाई वर्तमान समय हिन्दु धर्म भन्ने गरिन्छ यस धर्मको परम्परा, संस्कृति र सभ्यता धेरै प्राचीन रहेको छ ।
दशकौं पूर्व आर्यखण्ड, जम्बुदीपमा बस्ने गरेका सबै व्यक्तिको एउटै धर्म थियो त्यो धर्म थियो वैदिक सनातन धर्म । पछि विदेशीहरुको आक्रमण यहाँ बढ्दै गयो यस समय अनेकौंहरु डरले आफ्नो वैदिक सनातन धर्मको परित्याग गरी विभिन्न विदेशी धर्म अंगीकार गरे यसरी यस भूखण्डमा अन्य धर्मावलम्बीहरुको वर्चस्व बढ्यो उनी विदेशीहरुले यहाँ लामो समयसमम शासन समेत गरेको दृष्टान्तहरु पाइन्छ तर धर्म परिवर्तन गरे मूल पुर्खा भने फेरिँदैनन् । यहाँ बसोबास गर्ने चाहे जुन धर्मको व्यक्ति हुन् पुर्खा सबैको एउटै हुन् यो कुरा सबैले आज बुझ्नु पर्ने जरुरी छ । इण्डोनेशियामा विदेशी धर्म स्थापित छ तर त्यहाँका स्थानीय वासिन्दा आज पनि भगवान राम र भगवान कृष्णलाई आफ्नो पुर्खा मान्छन् त्यहाँका स्थानीय वासिन्दाको भनाईहरु छ कि हामीले आफ्नो धर्म परिवर्तन गरेका छौं तर पुर्खा परिवर्तन गरेका छैनौं । यस कारण हामी भगवान राम र भगवान कृष्णलाई आफ्नो पुर्खा मान्छौं । बडादशैं नजिकिन लाग्दा त्यहाँ विदेशी धर्म मान्नेहरु रामलीला नाटकको मंचन शुरु गर्छन् ।
वैदिक सनातन धर्मको उद्गम भूमि भनेको हाम्रो देश नेपाल हो यहीं सबै भन्दा पहिले ओम शब्दको उच्चारण भएको थियो । यसै देशमा भगवान राम, महर्षि बाल्मीकि, लव–कुश र विभिन्न ऋषि महर्षि जन्मी यहाँ आफ्नो तपोस्थली बनाए । लंकाधिपति दशानन रावणको पनि जन्म नेपालमा नै भएको थियो वेदको प्रचार प्रसार गर्दै रावण श्रीलंका सम्म पुग्यो र कुबेरको सम्पत्तिमाथि कब्जा गरी धनी बन्यो । पछि त्यो लंकाको सम्राट बन्यो । यसरी वैदिक सनातन धर्म धेरै नै महान छ । दुर्भाग्यको कुरा छ मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापना हुँदै नै हिन्दु राष्ट्रको स्वरुप बिगारियो र देशलाई धर्म निरपेक्ष घोषणा गरियो । जुन देश हिन्दु राष्ट्रको रुपमा सम्पूर्ण विश्वमा नै विख्यात थियो यहाँ आज वैदिक हिन्दुको अपहेलना, धर्मको अपहेलना हुँदैछ यहाँको प्राचीन हिन्दु धर्मको देवालय उपेक्षित अवस्थामा छन् । देवताहरुले बोल्ने संस्कृत भाषा सरकारी उपेक्षाको कारण लोप हुँदै गएको छ ।
उपेक्षाको कारणले नै हाम्रो प्राचीन धर्म, संस्कृति, सभ्यता र परम्परा लोप हुँदै गएको छ । यस समय देशमा वास्तविक हिन्दु शक्ति एकताबद्ध भई वै्रदिक सनातन धर्मलाई बढाउन अघि आउनु जरुरी छ । देशमा हिन्दु धर्ममाथि कुठाराघात हुन थालेपछि यसलाई बचाउन विभिन्न राजनीतिक दल अघि बढेको देखिन्छन् तर क्रिश्चियनको डलर खाई उनीहरु अहिले आफ्नो उद्देश्य बिर्सेका छन् । चुनाव चिन्ह गाई उनीहरुले परिवर्तन गरी अर्कै चुनाव चिन्ह रोजेका छन् । यस्ता राजनीतिक दलबाट वैदिक सनातन धर्मको संरक्षण, संवद्र्धन हुन सक्दैन । यस कारण अब बहुसंख्यकको रुपमा रहेका नागरिकको उद्देश्य पूरा गर्न नयाँ राजनीतिक दल निर्माण गर्नुपर्ने आवश्यक छ । अहिले वैदिक सनातन धर्म सम्पूर्ण युरोपमा आफ्नो वर्चस्व बढाएको छ । तर नेपालबाट वैदिक सनातन धर्मको पतन भई रहेको छ यो अति नै सोचनीय विषय हो । अहिले पनि समय छ समयमा सचेत र सजग भई ध्यान नदिए हाम्रो पतन पनि अवश्य हुन्छ किनकि धर्म, संस्कृति, सभ्यता र परम्परा लोप भयो भने हामीहरुको अस्तित्व समाप्त हुन्छ त्यसो पनि यस देशमा क्रिश्चियन हरुको गतिविधि खुबै बढेको छ उनीहरु रकमको लोभ देखाई हाम्रा दाजुभाई दिदीबहिनीको धर्म परिवर्तन गराई रहेका छन् कुनै एक व्यक्तिले अर्कै धर्म अगाँल्दै नै वैदिक धर्म,संस्कृति, सभ्यता र परम्परालाई कुनै फरक पर्दैन तर एक शत्रु हाम्रो अवश्य नै बढ्छ यस कारण कुनै आफ्नो व्यक्ति नछुट्टिउन् सबै एक हौं र हिन्दु धर्म, संस्कृति, सभ्यता, परम्परा लोप हुन नदिन अघि बढौं ।

