Saturday, April 18सत्यम खबर
Shadow

मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी

– लक्ष्मी गुप्ता
नेपालगन्ज, ११ असोज – मधेश मिडिया मिसन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी सर्वसम्मत चयन भएका छन् ।
शनिवार दिन नेपालगन्जमा मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला समितिका सचिव अजयकुमार गुप्ताले बोलाएको बैठकबाट चन्द्रेश्वराज त्रिपाठी अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा मनोजकुमार कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंह र सदस्य पदमा समिर अली, आकाश गुप्ता, सुभम शर्मा, शकीलअहमद राई, अशोककुमार मौर्य र सल्लाहकारमा चन्द्रशेखर पाण्डे, अजयकुमार गुप्ता, विष्णुलाल कुमाल, मो. आरिफ अन्सारी रहेका छन् ।


भेला कार्यक्रममा बोल्दै मिसन नेपालका अध्यक्ष चन्द्रशेखर पाण्डेले भने, मधेश आन्दोलनको समयमा मधेशमा पत्रकारिता गर्नु धेरै नै कठिन थियो सो समय हामीले मधेशी पत्रकारिता र मधेशी अवधी भाषाको लागि मधेश मिडिया मिशनलाई यस जिल्लामा स्थापित ग¥यौं । हामीसँग विगतमा धेरै संसाधनहरु रहेकोले केही समयमै उल्लेखनीय कार्य गरेर देखायौं आज पनि हामीसँग पर्याप्त संस्थान विद्यमान छ । वर्तमान कार्य समितिले यसको उपयोग गरी मधेश मिडिया मिशनलाई अगाडि बढाउन सक्छ ।
त्यस्तै अवधी सांस्कृतिक प्रतिष्ठानका के. अध्यक्ष विष्णुलाल कुमालले भने, हाम्रो देशमा मैथिली, भोजपुरी र अवधी भाषा प्रचलनमा रहेको छ । यसमा मैथिली र भोजपुरीले हामीलाई निकै नै दबाएकोले अवधी भाषाको विकास हुन सकेको छैन । यो अवध क्षेत्र हो यस कारण यहाँ अवधी भाषाको विकासका लागि सबै अवधीभाषीहरु मिलेर कार्य गर्नु जरुरी छ । अहिले जनगणना संकलन कार्य चली रहेको छ र यस समय हामीले आफ्नो जातको पहिचान खुलाई वास्तविक जाति जनगणनामा उल्लेख गराउनु पर्छ ।


त्यस्तै हाम्रो सम्पर्क भाषा हिन्दी हो तर मातृभाषा हाम्रो अवधी हो यस कारण जनगणनामा आफ्नो मातृभाषा अवधी उल्लेख गराउनु पर्छ । हामीको पुर्खाले विगतमा नजानेर कुम्हार जातिलाई कुमाल उल्लेख गराए यसरी कुम्हारलाई नेवार जातिमा गाभियो कहिँ कतै ब्राम्हणमा उल्लेख गरियो । यसबाट हामीहरुको वास्तविक जनसंख्या कति हो जानकारीमा छैन । अब त्यस्तो गल्ती गर्नु हुँदैन ब्राम्हणमा धेरै जातिहरु छन् तर पछि सबै जाति ब्राम्हण उल्लेख गराउँछन् ।
त्यस्तै प्रकारको कार्य सबै जाजातिले गरे कुन जातिको जनसख्या कति छ यकीनको साथ थाह हुन्छ भने । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मो. आरिफ अन्सारीले भने, मधेश मिडिया मिसन नेपाल मधेसीको लागि प्रमुख अस्त्र बन्न सक्छ यो संस्थालाई संक्रियताले बढाए मधेशी समुदायको मिशन पूरा हुनसक्छ संस्था चलाउन धेरै भीडभाड गर्नुहुँदैन धेरै ठूलो भीडभाड गरे भाडभैलो मात्र हुन्छ त्यसबाट उल्लेख्य रुपमा कार्य गर्न सकिँदैन । कार्य समिति सानो बनोस् तर सक्रिय बनोस् यही नै मेरो चाहना छ ।


मिशन नेपालका सचिव अजय कुमार गुप्ताले भने, विगत १५ वर्षअघि बाँके जिल्लामा मैले यो संस्थाको शाखा स्थापना गरेको थिएँ सो समय कृपाराम वाडियालाई अध्यक्ष बनाएँ र सो पछि चन्द्रशेखर पाण्डे अध्यक्ष भएर लामो समयसम्म कार्य गरे अब पुनः मधेश मिडिया मिशन जस्तो संस्थाको आवश्यकता परेकोले आज यसको पुनर्गठन गरिएको छ । म यसको सल्लाहकार रही आवश्यक सल्लाह दिइ मिसनलाई अगाडि बढाउने कुरा भने ।
मिसन नेपालका नि.अध्यक्ष चन्द्रशेखर पाण्डेले समापन भाषण गरेपछि नयाँ कार्य समिति चयन गरिएको थियो । मधेश मिडिया मिशन नेपालको नयाँ कार्य समिति चयन गरिएपछि मिशनले चाँडै नयाँ कार्यक्रमहरु ल्याउने भएको छ । कार्यक्रमको समय नागरिक अधिकार मञ्चको गठन गर्ने प्रक्रिया शुरु गरिएको थियो तर नयाँ व्यक्तिलाई यसबाट जोड्नको लागि यसको गठन केही दिनपछि हुने कुरा जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *