
– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ११ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा असफल भएको छ ।
स्व. श्री राम गोपाल वैश्यका छोरा र प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ताले आफ्नो बुवाको नाममा रहेको प्रतिष्ठानलाई १ लाख भन्दा बढी रकम करीब २ वर्ष अघि उपलब्ध गराएका थिए । सो रकम एनआइसी एशिया बैंकमा समाजसेवी नन्दलाल वैश्य र शैलेन्द्र वैश्यको व्यक्तिगत खातामा जम्मा रहेको छ । यो रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्नु पथ्र्याे तर कार्य समितिको हेलचक्र्याईको कारण सो रकम अव्यवस्थित रुपमा जम्मा छ ।
यो रकम प्रतिष्ठानको नामा खाता खोलाई जम्मा गर्न प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ता लामो समयदेखि प्रयास गर्दै आएका छन् तर रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्न सकिएको छैन ।
अहिले रकम व्यवस्थित पार्ने उद्देश्यले शनिवार दिन भेला बोलाइएको थियो तर कार्यक्रमको समयमा पानी पर्दा केही पदाधिकारी जानी(जानी उपस्थित नहुँदा सो भेला कार्यक्रम कोरम पूरा हुन नसक्दा असफल भएको छ ।
सो प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य रहनु भएको छ उहाँ भेला कार्यक्रममा सहभागी भई प्रतिष्ठानको कार्य सुचारु बनाउन र खडा गरिएको अक्षय कोष रकम व्यवस्थित रुपमा राख्ने गरी प्रतिष्ठानको नाममा खाता सञ्चालन गर्न आगामी केही समयभित्रै आफूले नै भेला बोलाउने र प्रतिष्ठानको नयाँ कार्य समिति चयन गरिने कुरा भन्नु भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानले विगतमा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, प्रेस स्वतन्त्रता सेनानी लियाकत अली सिद्दीकी, समाजसेवी मोहनलाल वैश्य र अग्रज पत्रकार वासुदेवको सम्मान गर्ने कार्यक्रम आयोजित गरेको थियो । गत वर्ष २०७७ पौष महिनाको कोरोनाको संक्रमणको डर त्रास रहँदा त्यसले बुलबुलिया गाउँ वडा नं. १३ स्थित निलसागर आश्रममा पुगी निसहाय, अनाथहरुमा न्यायो लुगा र कम्बल वितरण गरी प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्यको वार्षिक पुण्यतिथि मनाएको थियो ।
२०७८ पौष ७ गते वार्षिक पुण्यतिथि रहेको छ समयमा प्रतिष्ठानको नामले खाता खोलाई रकम जम्मा नगरिएकोले आर्थिक अभावको अवस्था छ यस कारण वार्षिक पुण्यतिथि कार्यक्रम मनाइने वा नमनाइने कुरामा अन्यौलता आएको छ ।


