
नेपालगन्ज, ९ असाेज – डुडुवा गाउँपालिकाको हिरमिनियामा निःशुल्क कान शिविर असोज ९ गते शनिवार सम्पन्न भएको छ ।
उक्त शिविर एसओएस युवालय नेपालगन्जको मुख्य संयोजनमा भएको हो । एसओएस युवालय नेपालगन्जमा आवद्ध रहेका एसओएस युवा क्लब नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल, तथा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको संयुक्त आयोजनामा र बी.एन. सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न भएको निःशुल्क कान शिविरमा डुडुवा गाउँपालिका वार्ड नं.६ हिरमिनियाको विभिन्न गाउँबाट कानका विरामीहरुले कानको जाँच गराएका थिए ।
सो शिविरमा महिला पुरुष गरी १५३ जनाले सेवा लिएका थिए । कानको स्वास्थ्य परिक्षणमा ८० पुरुष तथा ७३ महिलाको ३४ जना कान पाक्ने रोग, ३९ जनामाकाने गुजी भरीएको, ११ जना कान कम सुन्ने बिमारी रहेको पत्ता लागेको थियो ।
३४ जना कान समस्या भएको मध्ये निम्नआय भएका १३ जनालाई सिद्धार्थ अस्पताल गणेशमान चोक स्थित बि.न. सामुदायिक कान उपचार सेवाले सहुलियत दरमा शल्यक्रिया गर्ने जानकारी यस संस्थाका प्रवन्ध सञ्चालक रामबहादुर बुढाले जानकारी गराउनु भयो ।शिविरमा कानका विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
उक्त शिविरमा कान चिकित्सक राम बहादुर बोहरा, सिएमए यमुना बुढाथोकी, स्टाफ नर्स सुश्री स्मारिका श्रेष्ठ, लगायतले शिविरमा सहयोग गरेको एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वासले बताउनु भयो ।
