Wednesday, April 15सत्यम खबर
Shadow

बज्राचार्यकाे अध्यक्षतामा प्याब्सन नगर कमिटि

नेपालगन्ज, २ असोज – बाँकेको प्याब्सन नेपालगन्ज उपमहानगरपालिकाको नगर स्तरीय कमिटिको अध्यक्षमा विकास बज्राचार्य चयन हुनु भएको छ ।

शनिबार नेपालगन्जमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट बज्राचार्यको अध्यक्षताको नगर कमितिको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा विज्ञान शाह, सह–सचिवमा हेमन्तराज काफ्ले र सह–कोषाध्यक्षमा मनहोर चन्द रहनु भएको छ ।

यसैगरी कमिटिको सदस्यमा बर्द आलम खान, पवन गौतम, भिम तिमिल्सेना, नमराज शर्मा रहनु भएको सह–सचिव काफ्लेले जानकारी दिनुभयो । अधिवेशन नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शमशेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख राम सुरेश यादव, हिसान केन्द्रिय उपाध्यक्ष ईश्वर पोख्रेल, प्याव्सन केन्द्रिय प्रागिक सल्लाहकार डा.राजेश केशर खनाल, प्याव्सन प्रदेश उपाध्यक्ष ऋषीकेश जीसी, प्याव्सन बाँके अध्यक्ष राजेन्द्र आर्चाय रहनु भएको थियो ।

यसैगरी अतिथिहरुमा शशी स्वार, बिना मल्ल, यम रावत एवं दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो । यसअघि भाद्र ३१ खजुरा पालिकामा दिनेशराज शर्माको अध्यक्षमा पाँच सदस्य पालिकाकमिटि गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *