
नेपालगन्ज, २१ भाद्र – शिक्षा क्षेत्रमा अग्रसर रही सरकारी विधालयकाे रूपमा बाँके जिल्ला भित्र स्थापित धम्बाेझी माध्यमिक विधालयले व्यवस्थापन समिति गठन गर्न सार्वजनिक सुचना जारी गरेकाे छ ।
धम्बाेझी माध्यमिक विधालय यस क्षेत्र कै अग्रणी स्थानमा रही विगतदेखि नै विधालयकाे सम्पुर्ण गतिविधि पारदर्शी रूपमा सम्बन्धित अभिभावक समक्ष राख्दै आईरहेकाे तथा आउने दिनमा समेत अभिभावक भेलामार्फत नयाँ व्यवस्थापन समिति गठन गरि विधालयकाे चाैतर्फी विकास गरिने विधालयका प्राअले जानकारी गराउनुभयाे ।
विधालयद्वारा जारी सुचनामा ब्यबस्थापन समिती गठन गर्न
भाद्र २७ गते आईतवार बिहान ११ बजे विधालय परिसरमा उपस्थितिकाे लागि सम्पुर्ण अभिभावकहरुलाई जानकारी गराईएकाे प्राअले बताउनुभयाे ।
