
नेपालगन्ज, २१ भाद्र – नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागद्धारा आज दिउ“सो ३ बजे स्वास्थ्यकर्मी महिलाहरुको निम्ति हरितालिका तिजको दर खाने कार्यक्रम गर्ने भएको छ ।
नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागका इन्चार्ज अछरी पोखरेलले दिएको जानकारी अनुसार हरितालिका तिजको दर खाने कार्यक्रममा स्वास्थ्यकर्मी महिला, स्वयंसेवीका महिला, डक्टर महिला, नर्स महिला हेल्थपोष्ठमा कार्यरत महिला लगायत विभिन्न स्थानमा रहेर स्वास्थ्यको क्षेत्रमा काम गर्ने सम्र्पुण महिलाहरुको सहभागीता हुने बताउनु भएको छ । आर्थिक सहयोगमा सधैभरी जनताको सेवामा समर्पित हुने स्वास्थ्यकर्मी महिलाहरुलाई जम्मा गरी दुःखसुख्ख साटासाट गर्ने, आफुले काम गर्दाका अनुभाव आदान प्रदान गर्ने र नाँचगाँन गरी मनोरन्जन गर्ने गरेर हरितालिका तिज मनाउन लागिएको स्वास्थ्य विभागका सल्लाहकार संयोजक रामबहादुर चन्दले जानकारी गराउनुभयो ।
तीज कार्यक्रम स्वास्थ विभाग प्रचार प्रसार कमिटिका सदस्य प्रकाश गौतम र खड्क रोका, अनिता थापाले विभिन्न हेल्थ पोष्ट, भेरी हस्पीटल, नर्सिङ होम लगायत स्वास्स्थ क्षेत्रमा काम गर्ने महिलाहरुलाई निमन्त्रणा गरी सकेको बताउनुभयो । माइति टाढा हुने र तीजमा माइतिमा जान नपाउने महिलाहरुले पनि रमाएर तीज मनाउनको निम्ति स्वास्थ्यकर्मी महिला मात्र समेटेर तिजी कार्यक्रम गर्न लागिएको स्वास्थ्य विभागका सचिव सुमन गिरीले बताइन् ।

