
– सन्दीप कुमार अग्रवाल
नेपालगन्ज, २१ भाद्र – कोरोनाको तेस्रो लहर अब आउने भएको छ ।
यो कोरोना डेल्टा भेरियन्ट भन्दा बढी खतरनाक रहेको छ यो कोरोना एमयू भेरियन्टको रहेको छ । एमयू भेरियन्टको कोरोना अमेरिकाको टेक्सस र फ्लोरिडाबाट चलेको छ । यस कोरोनाबाट अमेरिकामा औसतमा १ लाख जना संक्रमित भएका छन् । यस तेस्रो लहरको एमयू भेरियन्टको कोरोनाबाट दैनिक १ हजार व्यक्ति संक्रमित बन्ने गरेका छन् ।

फाईल फोटो
तेस्रो लहरको यो कोरोना इम्युनिटी पावर कम रहेका बच्चाहरुलाई बढी संक्रमित पारी रहेको छ ।
कोरोनाबाट अब अमेरिका मात्र त्रसित छैन केही युरोपियन देशहरु र छिमेकी देश भारतको केरल राज्यमा बढी फैलिएको छ ।
केरलमा ३२,८०३ जना कोरोनाबाट संक्रमित बनेका छन् यसमा ५०९ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ । भारतमा मिजोरम लगायत स्थानमा बढी प्रभाव रहेको देखिएको छ ।
अमेरिकामा कोरोनाको संक्रमण बढेपछि त्यहाँ अक्सीजनको ठूलो कमी हुन थालेको छ यस कारण कोरोनाबाट विश्व फेरी थर्कमान हुन थालेको छ ।
अमेरिका जस्तो ठूलो देश यस कोरोनामाथि नियन्त्रण पाउन सकी रहेको छैन ।
