Saturday, May 30सत्यम खबर
Shadow

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज मंगलबार दूर प्रविधिमार्पmत कोभिड—१९ ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ ।

दूर प्रविधि मार्फत् भएको उक्त गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको रिपोर्टको आधारमा सम्बोधन गरिने कुरा बताउनु भएको छ । कोभिडको बेला समाचार कम हुन थालेको र पत्रिकाहरु बन्द हुन थालेकोमा आफू चिन्तित रहेको कुरा व्यक्त गर्नुभयो । साथै, कोभिडको बेलामा पनि सूचना समाचार प्रसारण गरेर योग्दान दिनु भएकोमा सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रमका मुख्य अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले—कोभिडले सञ्चारलाई मात्रै होइन संसारलाई असर पारेको कुरा उठाउँदै हामी कोभिड सँगसँगै पत्रकारिता गर्नुपर्ने देखिएको कुरामा जोड दिनुभयो । कोभिडको जोखिमपूर्ण अवस्थामा पनि मिडियाले आफ्नो दायित्वबाट विमुख नभई संकटको बेला सूचनाको संकट आउन नदिनको लागि सूचना प्रवाह गरेर योग्दान दिएका सञ्चार माध्यम, सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई राज्यले छुट्टाछुट्टै सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो । अस्वस्थ पत्रकारले स्वस्थ पत्रकारिता गर्न त्यसैले आफू सुरक्षित रहेर पत्रकारिता गर्नको लागि अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई सुझाव दिनुभयो ।

एनपीआईका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार धु्रवहरी अधिकारले समाचारको विश्वसनियतामा खडेरी आएको कुरा बताउनु भयो । आग्रह र पूर्वाग्रहको आधारमा सामाजिक सञ्जालमा आएको कुराको आधारमा समाचार आइरहेको कुरामा पनि चिन्ता व्यक्त गर्नुभयो । नेपाल सरकारले बजेटको केही अंश पत्रकार र पत्रकारिताको लागि पनि छुट्याउनेतर्फ ध्यानाकर्ष गराउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश १ का अध्यक्ष लिला बल्लभ घिमिरे, प्रदेश नम्बर २ का अध्यक्ष राजेश कर्ण, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सुुदुर पश्चिम प्रदेशका अध्यक्ष योगेश रावल लगायतले आ—आफ्नो प्रदेशको पत्रकार र सञ्चार क्षेत्रमा कोभिडले पारेको असरको बारेमा मन्तव्य राख्नु भएको थियो ।

नेपाल प्रेस इन्ष्टिच्यूट (एनपीआई) का कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको सभापतित्व तथा प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, मुख्य अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, एनपीआई का संस्थापक तथा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, एनपीआई का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार धु्रवहरी अधिकारी, एनपीआई का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तिर्थ कोइराला, प्रेस काउन्सिल नेपालका झविन्द्र भुषाल, प्रेस काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष, गोपाल बुढाथोकी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का कार्यकारी निर्देशक यज्ञशर्मा, वरिष्ठ पत्रकार पूण्य पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी संगिता ओझा लगायत देशभरीबाट ६० जना भन्दा बढी सञ्चार सम्बद्धको सहभागिता रहेको थियो ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुदान सहयोगमा सञ्चालन भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा स्वागत एनपीआईका महासचिव लक्ष्मणप्रसाद उप्रेती तथा धन्यवाद कार्यक्रमका सभापति तथा एनपीआईका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीले दिनुभएको थियो । एनपीआईका तालिम संयोजक तथा वरिष्ठ पत्रकार कपिल काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा एनपीआईका पदाधिकारी तथा एनपीआई का नेपालगन्ज क्षेत्रीय कार्यालय र विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *