Friday, April 17सत्यम खबर
Shadow

भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने

नेपालगन्ज, १४ भाद्र – श्रीहरि विष्णुका अवतार योगीराज भगवान श्रीकृष्णको जन्मोत्सव आज सोमवार दिनदेखि मनाउने तयारी रहेको छ ।
आजदेखि करीब ५ हजार वर्ष पूर्व द्वापरकालमा भगवान श्रीकृष्णको मथुरा नगरीमा जन्म भएको थियो । सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।
उहाँको जन्म माता देउकीको कोखबाट कारागारमा आधी रातमा भएको थियो । उहाँको बुवा बसुदेव रहेका थिए देउकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्नेछ यो भविष्यवाणी रहेकोले कंश देउकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् ।


यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्मेको पुरै बालकको हत्या गरायो तर श्रीकृष्ण बाँचे बालक श्रीकृष्णको हत्या गर्न कंशले पुतना नामको राक्षसी पठायो तर श्रीकृष्णले उनीको स्तनको दूध चुसी–चुसी ज्यानलेनै मारी दिए । भगवान श्रीकृष्णको जीवन बडो संघर्षमा व्यतीत भएको थियो ।
जरासंधसँगको युद्धमा उहाँलाई रणक्षेत्र छाडी भाग्नु परेको थियो । यस कारण उहाँलाई रणछोड पनि भन्ने गरिन्छ । उहाँलाई जन्म माता देउकीले दिएपनि लालनपालन भने माता यशोदा र नन्दबाबाले गरेका थिए । जब कौरवहरुको अत्याचार बढ्यो त्यस समय पाण्डवहरुलाई न्याय दिलाउन महाभारत युद्ध भयो । यस समय उनी अर्जुनको सारथी बने ।


गीताको ज्ञान महाभारत युद्धको समयमा सम्पूर्ण मानव जातिलाई नयाँ दिशा देखाउन गीताको ज्ञान अर्जुनलाई दिएका थिए । श्रीहरि विष्णुले पृथ्वीबाट अनाचर, पापाचारको अन्त गर्न पटक पटक अवतार लिनुभयो । तर श्रीकृष्ण अवतारलाई मात्र पूर्ण अवतार मानिन्छ । यसको कारण छ कि गीताको ज्ञान दिएपछि उहाँले आफ्नो विराट स्वरुपको दर्शन अर्जुनलाई गराउनु भएको थियो ।
भगवान श्रीकृष्णको कैयन पत्नीहरु थिइन् जसमा सत्यभामा, जाम्वन्ती, नग्नजीत, भाद्रा, कालिन्दी, मित्राबिंदी, भद्रा, सत्यभामा, रुक्मिणीको नाम विशेष रुपले जानकारीमा आउँछ । तर कैयन समय १६ हजार १ सय ८ पत्नीको उल्लेख पनि पाइन्छ । यिनी १६ हजार ८ पत्नीको छुट्टै प्रकरण छ । राक्षस नर्कासुरको कैदमा १६ हजार १ सय ८ नारी थिइन् उनीहरुको उद्धार गर्न भगवानले नर्कासुर राक्षसको वद्य गरे र ति नारीलाई छुटाउनु भएको थियो । नर्कासुरको कैदबाट उन्मुक्ति पाएपछि ती युवतीहरु झनै समस्यामा परे । खान लाउनसम्म समस्या प¥यो यस समय भगवानले ती युवतीहरुलाई भन्नु भयो आमा बैनीको पालन गरिँदैन पालन पत्नीको गरिन्छ समस्या परे पत्नी लडेर श्रीमानसँग आफ्नो हक अधिकार लिन्छन् यस कारण अब तिमीहरुलाई आफ्नो पटरानीको संज्ञा दिन्छु समस्या पर्दा मसँग खोसेर आफ्नो अधिकार लेऊ ।


यस प्रकार १६ हजार १ सय ८ रानीको उल्लेख पनि मिल्छ । भगवान श्रीकृष्णको प्रत्येक पत्नीबाट १० जना छोरा भए जसमा ८ पत्नीबाट प्रद्युम्न, अनिरुद्र, चारुदेशन, चारुदेह, सुचारु, चारुगुप्त, भद्रचारु, चारुचन्द्र, विचारु, चारु, भानु, सुभानु, स्वरभानु, परभानु, भानुमान, भद्रभानु, वृहदभानु, अतिभानु, श्रीभानु, प्रतिभानु, साम्ब, सुमित्र, पुरुजित, सतजित, सहस्त्रजीत, विजय, चित्रकेतु, वसुमान, द्रविण, केतु, वीर, चन्द्र, अश्वसेन, चित्रानु, वंगावन, वृष, आम शंकु, वसु, कुन्ती, श्रुत, कबी ब्रिश, वीर, सुबाहु, भद्र, शान्ति, दश, पूर्णमसा, सोमक, प्रघोष, मात्रावन, वीर, सिम्ह, वात प्रवात, उर्धवग, महाशक्ति सह, ओज, अपराजित, ब्रिक, हर्ष, अनिल, गृज, वर्धन, उन्नद, महसा, पवन, बन्ह, सुधि, संग्रामजीत, वृहत्सेन, शूर, प्रहरण, अरिजीत, जय, सुभद्र, वाम, आयु, सत्यक छोराहरु भए । यसै प्रकारले उहाँको कैयन छोरीहरु पनि थिइन् । यदुवंशीहरुको ३ वटा समुदाय थियो अंधक, अक्रूर र वृष्णी ।


यसमा भगवान श्रीकृष्ण वृष्णी वंशका यादव हुनुहुन्थ्यो । भगवानले महाभारत युद्ध गराई कौरव वंशको विनाश गराएकोमा दुर्याेधनकी आमा गाँधारीले जुन प्रकार आफ्नो वंशको विनाश गरायौ त्यसै प्रकार यदुवंशको पनि नाश हुन्छ भन्ने श्राप दिएकी थिइन् सोही श्रापको कारण यदुवंशको नाश भएको किम्वदन्ती रहेको छ । भगवानको एक पत्नीको नाम थियो जाम्वन्ती उनीको छोरा भए साम्व ।
साम्वले एक ऋषिको अपमान गरेको कारण सो ऋषिको श्रापबाट मुसल युद्ध भयो जस युद्धबाट यदुवंशका अधिकांश यादव वंशी मारिए । १०४ वर्षको उमेरमा भगवानको मृत्यु एउटा बहेलियाको वाणको प्रहारबाट भएको थियो । उहाँको मृत्यु लगत्तै द्वापर युगको समाप्ति भइ कलियुगको शुरुवात भएको उल्लेख पाइन्छ ।
स्रोतः श्रीमदभागवत पुराणबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *