
नेपालगन्ज, १२ भाद्र – “रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ” भन्ने अभियान अन्तर्गत ज.स.पा. बाँकेद्वारा नेपालगन्ज उप-महानगरपालिका वडा न.२० काे आर्दश उच्च मा.बि.राँझा गायत्री धाममा बृक्षारोपण गरेको छ ।
जसपा नेपालका जिल्ला अध्यक्ष मोहम्मद कम्ररुद्दिन राई, आदर्श माबीका प्रधानाध्यापक प्रकाश आचार्यको प्रमुख आतिथ्यमा ७० बढी रुख लगाईएकाे थियाे । रुख लगाउँदा प्रमुख अतिथि आचार्यले बिधालयले भोगेको चरम समस्या तथा अब यो बिधालयलाई एक हरित बिधालय बनाउने र बिधालयमा आई बिरुवा लगाई सहयोग गरेकोमा जसपा पार्टीका अध्यक्षलाई धन्यवाद दिँदै रुख बन जङ्गलले बाताबरण बचाउनलाई निकै टेवा दिने भन्नुभयो ।
उक्त कार्यक्रममा हरित हेमन्त काफ्लेले, पुर्बमन्त्री मोहम्मद ईस्तियाक राईको हरित अभियानलाई साथ दिदै रुख भनेको सबैको लागि हो र रुख लगाउन निकै जरुरी घरका परिवार जस्तै रुखलाई पनि प्रेम गर्नु पर्छ । नेपालगन्जको गर्मी कम गर्नु छ भने एउटा मात्र विकल्प रुख नै लगाउनु हो । रुख भनेको सबैको हो र सबै पार्टीले रुख लगाउने अभियान जसपा नेपालबाट सिक्नु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश सदस्य माजिद अलि शेष, जिल्ला उपाध्यक्ष राजन राना मगर, बाँके क्षेत्र नं. २ ख ईन्चार्ज रमा रानी वैश्य, रजा राई तथा पार्टीका सुभचिन्तकहरु र बिधालय परिवारलगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा जिल्ला अध्यक्ष कमरुद्दिन राईले रुखले गर्दा पानीका श्रोता रहेको, खेती किसानी गर्न सजिलो भएको, रुख नभएको भए आज हामी भोकै मर्नु पर्थ्यो, जीवन बचाउनलाई रुखको निकै महत्त्व भएकोले पुर्ब मन्त्री ज्युको हरित नगर बनाउने सपनालाई साकार पार्न यो अभियान बनाएको भन्दै सबै उपस्तिथि भएकालाई धन्यवाद दिएका थिए ।
हरित अभियान पार्टीको एक अभियान हो र प्रत्येक बर्ष यो बर्सातको समयमा रुख लगाउने र यो महिना भरी विभिन्न ठाउँमा रुख लगाउने अध्यक्ष राईले जानकारी दिएका थिए । बिधालय आउनलाई बाटोको समस्या रहेको र त्यसको लागि आफ्नो पार्टीले पहल गर्ने र बिधालयमा रहेका समस्याहरुलाई ल्याउनु होस हामीले सहयोग गर्ने प्रतिबद्धता गरेका थिए भने कार्यक्रमको सञ्चालन जसपा जिल्ला उपाध्यक्ष राजन राना मगरले गरेका थिए ।
