
नेपालगन्ज, १२ भाद्र – बाँके र बर्दिया जिल्लाका नागरिक समाज संस्थाका प्रतिनिधीलाई मानव अधिकारका विषयमा दुई दिने तालिम दिइएको छ । मानव अधिकार प्रतिबेदन निर्माण संयन्त्रमा नागरिक समाज संस्थाको भुमिकालाई प्रभावकारी बनाउनका लागि तालिम प्रदान गरिएको हो ।
पारपरिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित तालिममा मानवअधिकारसंग सम्बन्धित विषय बस्तुहरुका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा मानव अधिकार, मानव अधिकार राष्ट्रिय कार्ययोजना निर्माण, नागरिक समाजको भुमिका, मानव अधिकारमा तथ्यांकको प्रक्रिया र महत्व, मानव अधिकार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महासन्धी, विश्वव्यापी आवधिक प्रतिबेदन मानव अधिकार संरक्षणका राष्ट्रिय संयन्त्र, मानवअधिकार सुरक्षा, अनुगमन लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी र अधिकारकर्मी प्रकाश
उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा बाँके र बर्दियाका नागरिक समाज संस्थाका यौनिक तथा लैगिंक अल्पसंख्यक, फरक क्षमता भएका, दलित, मधेशी तथा मुस्लिम, महिला, युवा, मानवअधिकार संरक्षण समिति बढैयातालका पदाधिकारीसहित प्रमुख तथा प्रतिनिधी गरि २३ जनाको सहभागिता रहेका संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताउनुभयो । तालिम पश्चात सहभागीहरुले आ-आफनो क्षेत्रमा मानव अधिकारका सवालमा वकालत गर्ने प्रतिबद्धता गरेका छन् ।