Monday, April 13सत्यम खबर
Shadow

साईकल यात्री शाहलाई नेपालगन्जमा स्वागत

नेपालगन्ज, ४ भाद्र – महाकाली–मेची साईकल यात्री तेजबिक्रम शाहलाई नेपालगन्जमा स्वागत गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा भाद्र ३ गते शाहलाई स्वागत गरिएको हो ।
कोभिड १९ बाट निधन भएका नागरिकहरुको सम्झनामा २०७८ श्रावण १८ गतेदेखि २८ गते महाकालीको दोधारा चाँदनी देखि झापाको मेची पुल सम्म महाकाली–मेची साईकल यात्रा सम्पन्न गरेका शाह गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष समेत हुन् ।
महासंघको सल्लाहकार समेत रहेका शाहलाई महासंघको कार्यालयमा स्वागत गरिएको हो । महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साईकल यात्री शाहलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।


महाकाली, मेची साईकल यात्रा गरि साहसिक कार्य गरेको भन्दै महासंघले शाहलाई सम्मान गरेको हो । सम्मान पत्र महासंघका अध्यक्ष नमस्कार शाहले प्रदान गरेका थिए । शाहलाई गैससकर्मीहरुले दोसल्ला, खादा, अविर लगाउँदै स्वागत गरेका थिए ।
कोषाध्यक्ष निर्मला सुनारले सञ्चालन गरेको कार्यक्रममा साईकल यात्री तेज बिक्रम शाहले आफ्नो यात्राको अनुभव सुनाएका थिए । कार्यक्रममा महाकाली, मेची साईकल यात्रीका सहयात्री सुनिल के.सी. र पल्लवि सिंह राठौरलाई पनि स्वागत गरिएको थियो ।
गैससकर्मीहरु लक्ष्मी श्रेष्ठ, बिष्णुसिंह ठकुरी, गणेश भट्राई, संगिता राई, गजे थापा, सुनिता बोहरा, राजन बर्मा लगायतले शाहलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *