Monday, April 13सत्यम खबर
Shadow

पाटेश्वरी विधालयकाे अध्यक्षमा छैठाे पटक बर्मा चयन

नेपालगन्ज, ३ भाद्र – बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयको बिद्यालय समिति गठन गरिएको छ ।

सो बिद्यालयको भाद्र २ गते भएको ११२ जना अभिभावकहरुको भेलाले नेपालगन्ज उप–महानगरपालिका नगर शिक्षा ऐन २०७६ को दफा १ बमोजिमका अभिभावकहरु मध्ये २ जना महिला सदस्यमा सायरा अन्सारी, अनिता क्षेत्री र २ जना पुरुषमा रामनरेश ठाकुर, बिनोदकुमार ठाकुरलाई छनौट गरिएको हो ।

बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रामनरेश नाउँको अध्यक्षतामा नेपालगन्ज उप–महानगरपालिका नगर शिक्षा ऐन २०७६ को दफा १९ ख बमोजिमका माधवराम वर्मा र ओमकुमारी थापालाई सदस्यमा मनोनित गरिएको थियो ।

यसरी जेष्ठ सदस्य ओमकुमारी थापाको अध्यक्षतामा बसेको
बैठकले सो बिद्यालयबाट छनौट र मनोनयन गरिएको सदस्यहरुको नामावली अध्यक्षका लागी र वडा कार्यालयको तर्फबाट सदस्य प्रतिनिधिको रुपबाट नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ वडा कार्यालयमा पठाइएको थियो । वडा नं.१८ ले नगर शिक्षा ऐन २०७६ को दफा १९ १ ख बमोजिम मनोनयन गरिएका सदस्यहरु मध्ये बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधवराम वर्मा र वडा प्रतिनिधि सदस्यमा कृष्णवती चमार छनौट गरी पठाइएको छ ।

यसरी सो बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा समाजसेवी तथा जग्गादाता माधवराम वर्मा छैठो पटक चयन हुनु भएको छ । सदस्यहरुमा राम नरेश नाउँ, बिनोद कुमार ठाकुर, सायरा अन्सारी, अनिता क्षेत्री, ओमकुमारी थापा, कृष्णवती चमार, शिक्षक प्रतिनिधिमा शिक्षिका सीतादेवी उप्रेती र सदस्य सचिवमा सोही बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाही रहनु भएको छ ।

सो अभिभावक भेलामा बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा साहू समाज समितिका अध्यक्ष हंशराम साहू, रणप्रसाद राना, पवन जायसवाल, बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाही, बिद्यालयका शिक्षक ओमप्रकाश त्रिपाठी, सीता उप्रेती, करुणाकुमारी सिंह, सुनकुमारी थापा, रुपा बिष्ट, सुष्मा केसी बिष्ट, उमा श्रीवास्तव, नोकी क्षेत्री लगायत सहभागिता ११२ जना रहेको थियो ।

सो बिद्यालयको स्थापना बि.सं.–२०५२ सालमा भएको समाजसेवी तथा अध्यक्ष माधवराम वर्माको पुर्खाबाट बिद्यालयको स्थापना भएको थियो । यसरी समाजमा उहाँको उल्लेखनीय सहयोग रहेको छ । विभिन्न ठाउँमा मठ, मन्दिर, बिद्यालय स्थापना गर्नुका साथै बिभिन्न संघ संस्थालाई जग्गा पनि दान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *