Friday, April 17सत्यम खबर
Shadow

गैससहरुको समिक्षा बैठक सम्पन्न

नेपालगन्ज, ३२ श्रावण – नेपालगन्ज उपमहानगर क्षेत्र भित्र कार्यरत गैससहरुको समिक्षा बैठक सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा सो बैठक सम्पन्न भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको गैसस समन्वय समितिको आयोजनामा श्रावण ३२ गते सम्पन्न बैठकमा नेपालगन्ज उपमहानगर क्षेत्रमा कार्यरत ४० बढि गैससका प्रतिनिधिहरुले गत आ.ब.को प्रगति समिक्षा तथा चालु आ.ब.को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

उपमहानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख महिला बिकास अधिकृत शोभा शाहले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रम सञ्चालन सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, युवा, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाको उपस्थिती रहेको थियो । कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले गैससहरुको कार्य, प्रभाकारिता आदिका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *