
विद्रोही
नेपालगन्ज, ३२ श्रावण – स्थानीय निर्वाचन हुन केही महिना अब मात्र बाँकी छ जति–जति निर्वाचनको समय नजिकिँदै गइ रहेको छ विभिन्न पार्टीका स्थानीय नेता विभिन्न पदको उम्मेदवार बन्न तछाड–मछाड गर्न शुरु गरेका छन् ।
विगतमा भएको स्थानीय निर्वाचनमा कतिपय व्यक्तिहरुलाई उम्मेदवार बनाइयो जुनकि निरक्षर थिए यसमा केहीहरु निर्वाचनमा विजयी भइ वार्ड अध्यक्षसम्म बने । निरक्षरताको कारण उनी वडाध्यक्षहरु असक्षम अयोग्य साबित भए ।
केही वर्षसम्म उनी निरक्षर वार्ड अध्यक्षले आ–आफ्नो वार्डमा कुनै प्रकारको योजना नै ल्याउन सकेनन् । पछि कुनै प्रकार योजना आयो र विभिन्न निर्माण विकासको लागि बजेट निकासा हुँदा सो रकम खर्च गर्न सकेनन् जसको कारण लाखौं लाख रकम फ्रिज भइ फिर्ता भएको छ । आ–आफ्नो वार्डमा वडाध्यक्षहरुको असक्षमता अयोग्यताको कारण रकम फिर्ता गएको खबरले यतिबेला नेपालगञ्जका नगरवासीहरुमा ठूलो आक्रोश छ ।

फाईल फोटो
यस्ता असक्षम अयोग्यहरुलाई अब सम्बन्धित पार्टीहरुले उम्मेदवार बनाउनु हुँदैन यस्तो माग उठ्न थालेको छ । फिर्ता गएको रकम विभिन्न वार्डको विकास कार्यमा लगाइन्थ्यो भने यसबाट कैयन वार्डको कायापलट हुने थियो तर वडाध्यक्षहरुले यो काम गर्न सकेनन् । यस कारण अब प्रदेश नं. ५ को सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ कि निरक्षरलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाइयोस् ।
जनतालाई बराबरीको अधिकार अवश्य मिल्नुपर्छ त्यो चाहे साक्षर होस, निरक्षर होस्, गरीब, धनी वा कुनै पनि जाति, समुदाय, लिंगको होस् तर निर्वाचनमा भाग लिइने अधिार साक्षरलाई मात्र मिल्नुपर्छ किनकि साक्षर व्यक्ति विभिन्न पदमा पुग्छ भने त्यसमा अपार क्षमता, अनुभव हुन्छ त्यसले जनताको हितमा काम गर्न सक्छ तर निरक्षर व्यक्तिमा ज्ञान त हुँदै हुँदैन यसको अतिरिक्त त्यसमा अनुभव र क्षमता पनि कम हुन्छ ।
व्यक्तिमा ज्ञान, क्षमता, अनुभव ल्याउन बच्चाहरुलाई राम्रो शिक्षा दिइने कार्य हुन्छ यस्तो उच्च शिक्षा दिन ठूलो लगानीसम्म लाग्छ तर अहिले देखिए अनुसार निरक्षर व्यक्ति राजनीतिको क्षेत्रमा बढी रुचि राख्ने गर्छन् साक्षर व्यक्ति डाक्टर, इन्जिनियर, उद्योगी व्यापारी बन्न बढी रुचाउँछन् यस कारण राजनीतिको क्षेत्रमा साक्षर व्यक्तिको ठूलो कमी भएको छ । अहिले वार्डमा ठूलो निर्णयहरु वडाध्यक्षलाई गर्ने अधिकार दिइएकोले उनी वडाध्यक्षहरु एक किसिमले वार्डको न्यायाधीश जस्तो अधिकार राख्छन् यसमा कतिपय वडाध्यक्ष यस्ताहरु पनि छन् जुनकि औंठाको छाप लगाई काम चलाउने अर्थात निरक्षर छन् ।
कुनै प्रकारले भर्खर तोक हस्ताक्षर लगाउन मात्र उनीले सिकेका छन् । उनीहरु आफ्नो वार्डको विकासको लागि सोच बनाउन सकेका छैनन् । उनीसँग योजनाहरु ल्याउने क्षमता नै छैन अनुभवको कमीको कारण विगत आव २०७६–०७७ मा करोडौं रकम फ्रिज भई फिर्ता भएको थियो अहिले आव २०७७–७८ मा पनि करोडौं रकम विभिन्न २३ वटा वडाबाट फ्रिज भई फिर्ता गएको छ ।
यस्तो कार्य निश्चित पनि गलत छ । सरकारले वार्डको विकासको लागि बजेट निकासा ग¥यो तर यिनी वडाध्यक्षको कमी कमजोरीको कारण करोडौं रकम फिर्ता हुनु दुर्भाग्यपूर्ण हो । यस कारण अब नेपालगञ्ज उमनपाको २३ वटै वडाका वडावासी सचेत, सजग र जागरुक बन्नु जरुरी छ कि अब आगामी समय हुने स्थानीय तहको निर्वाचनमा योग्य, सक्षम, साक्षर व्यक्तिलाई आफ्नो जनप्रतिनिधि बनाउनु प¥यो । निरक्षर व्यक्तिलाई कुनै पार्टीले आफ्नो उम्मेदवार बनाउँछ भने सचेत वडावासीले त्यसको बहिष्कार गरी निरक्षर लाई राजनीतिक क्षेत्रबाटबाहिर निकाल्ने कार्य अभियानको रुपमा चलाउनु पर्ने जरुरी भएको छ । (स्रोतः आजको सामना)
