Saturday, April 18सत्यम खबर
Shadow

गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति गठनप्रति नेपाल मुस्लिम ईत्तेहाद संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।


‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउने उद्देश्यले गरिएको क्रियाकलाप अब उप्रान्त नगर्नु नगराउनु हुन सम्बन्धित सबै वडा नं. १७ का वासीहरुलाई अनुरोध गरिन्छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *