Monday, April 20सत्यम खबर
Shadow

छानबिनको माग गर्दै सचिव के.सी.द्वारा ज्ञापन पत्र

नेपालगन्ज, २९ श्रावण – नेपाल टेलीविजन कोहलपुर चैनलको अनियमित कार्यहरु बारे सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिवलाई जानकारी गराउने उद्देश्यका साथ ज्ञापन–पत्र बुझाईएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह के सीसहितको प्रतिनिधि मंडलले आज शुक्रबार ज्ञापन पत्र बुझाउँदै तत्काल प्रमुखले गरेका कार्यहरुको छानबीन गर्न मांग गरेका छन् ।


कोहलपुर प्रशारण केन्द्रका प्रमुखले समबेशी कार्यक्रम अवध दर्शन तथा कृषि कार्यक्रम बन्द गरी आफ्नो आसेपासेलाई प्रश्रय दिँदै आएका छन् । ‘ज्ञापन पत्रमा पश्चिम नेपालमा सूचना प्रशारण तथा समाजमा जागरूकता फैलाउनका लागि सरकारी संचार माध्यम नेपाल टेलीविजनले कोहलपुर चैनल सञ्चालन गर्दै आएको कुरा यहाँलाई अवगत नै छ । बिगत केही दिनदेखी उक्त चैनलको प्रमुखको रूपमा कार्यरत ब्यक्तिको क्रियाकलाप अत्यन्त राजनीतिक भएको निजले निम्नलिखित कार्य गरिरहेकोले आवश्यक कार्यवाहीको मांग गर्दछु’ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा ‘निजको तहले चैनल प्रमुखको योग्यता पुग्दैन चैनल प्रमुख दस तहको हुनुपर्ने अहिले आठ तहको रहेको, मनोमानी ढंगले लेखा, प्रशासनमा करार कर्मचारी भर्ना गरेको, कार्यक्रम निर्माणमा समबेशी भावना नराखेको, प्रदेश सरकारका लागि निर्माण गरेको कार्यक्रमको पारिश्रमिक आन्तरिक खर्च मापदण्डहरु भन्दा बढी गर्ने गरेको, सरकारी श्रोत साधनको दुरुपयोग गरेको, समाचार प्रस्तुतिमा राजनीतिकरण गरेको, अतः निज माथि आवश्यक छानबीन गरी अबिलम्ब कार्यवाहीको मांग गरिएको छ’ उल्लेख गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव के सीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *