Sunday, April 19सत्यम खबर
Shadow

ईट्टा उद्योगीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग

नेपालगन्ज, १५ श्रावण – नेपाल ईट्टा उद्योग व्यवसायी संघले सहज रुपमा कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख शिवलाल गेलालीसँग माग गरेको छ ।
नेपाल ईट्टा उद्योग व्यवसायी संघका कोषाध्यक्ष सुधिरप्रताप सिंहका अनुसार बाँकेमा विधिवत ५० बढी दर्ता रहेका ईट्टा उद्योगहरुका ३०० बढी कर्मचारीहरुका लागि सहज कोभिड–१९ को खोप उपलब्ध गराउन आज शुक्रबार जिल्ला प्रमुख मार्फत माग गरेको बताउनुभयो ।


जिल्ला प्रमुखलाई नेपाल ईट्टा उद्योग व्यवसायी संघले खोप उपलब्ध गराउनु पत्रमा ‘उपरोक्त सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भई विधान बमोजिम कार्य गर्दै आईरहेको यस संघमा हाल बाँके जिल्लाका ५० बढी उद्योगहरु सदस्य रहेको जानकारी गराउँछु । ईट्टा व्यवसाय खुल्ला आकाश मुनि करोडौको जोखिम मोलेर पनि देशलाई ईट्टामा आत्मनिर्भर बनाईरहेको व्यवसाय हो । निर्माण सामाग्री मध्य महत्वपूर्ण ईट्टाको सहज उपलब्धता नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको समयमा समेत गराईरहनु पर्ने यस परिस्थितिमा लगानीको जोखिमको साथ साथै कोभिड महामारीको समेत अत्याधिक जोखिम ईट्टा उद्योगीहरुलाई हुने भएको हुँदा बाँके ईट्टा उद्योगी तथा कर्मचारीहरुको लागि कोभिड खोप उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ भनी उल्लख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *