
मनोज कुमार कौशल
नेपालगन्ज, ११ श्रावण – हाल नेपालगन्जमा प्रचण्ड गर्मी छ । यसरी नेपालगन्ज नगरवासी एकतर्फ प्रचण्ड गर्मीको मारमा परेका छन् अर्काेतर्फ पटक–पटक विद्युत आउने जाने गरेको कारण यहाँका स्थानीय वासिन्दा दोहोरो मारमा परेका छन् ।
अहिले दिनभरी विद्युत आउने जाने गरेको छ । कैयन समय घण्टौंसम्म विद्युत रहने गरेको छैन् ।
यसरी यहाँ एक किसिमको अघोषित लोड सेडिंगको अवस्था छ । विद्युत समस्या समाधानको लागि यहाँका विभिन्न संघ संस्थाहरुले विभिन्न समयमा विद्युत कार्यालयमा पुगी विद्युत सेवा सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । तर विद्युत उपभोक्तातर्फ प्राधिकरणले कुनै प्रकारको ध्यान दिएको देखिँदैन । जसको कारण विद्युत समस्याको कारण स्थानीय वासिन्दा त्राहिमाम बनेका छन् ।

