
अछरी पोखरेल
नेपालगन्ज, १० श्रावण – अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालयको जुम मिटिङलाई सम्बोधन गर्दै नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीले महिला भनेका आधा आकाश र आधा धर्ती हुन हरेक क्षेत्रमा समान सहभागीता आवश्यक छ भन्दै महिला माथि लगाइने चारित्रीक आरोप पनि महिला माथिको हिंसा रहेको बाताउनु भयो ।
जनादेशबाट आएको सरकारलाई परमादेशले परास्त गरेको भन्दै समाजमा रहेको लैंगिक विभेद, घर भित्र रहेको लैंगिक विभेद जस्ता सवाललाई हटाउनको निम्ति अनेमसंघले जागरण अभियान लिएर गाउँगाउँमा चेतना जगाउन आवश्यक रहेको पुर्व प्रधानमन्त्रि समेत रहेका वलीले बताउनुभयो ।
०४७ सालमा तिजको कार्यक्रम गरीरहेको बेला अर्घाखाचीमा उदन्ड केटाहरुको समुहले महिलामाथि आक्रमण गरी छितरवितर पारेको, महिलालाई कुटपीट गरेको घटना स्मरण गर्दै विपक्षीले आक्रमण गर्न सक्ने भन्दै महिलाहरुलाई सतर्क रहेर समाजमा चेतना फैलाउनतिर लाग्न आग्रह गर्नुभयो ।
यसैगरी नेकपा एमाले केन्द्रिय महासचिव इश्वर पोखरेलले हरेक तहमा ३३ प्रतिशत महिला सहभागीता गराउन महिलाको पार्टी सदस्यता ३३ प्रतिशत हुनुपर्नेमा जोड दिँदै पार्टीमा महिलाको सदस्यता संख्या १०/१२ प्रतिशत मात्र रहेको भन्दै महिलाहरुलाई पार्टी सदस्यता बृद्धि गर्नमा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले नयाँ युवा महिलाहरुलाई सीपमुलक, आयमुलक, रोजगारीमुलक, उत्पादनमुलक, काममा जोडदै संगठनमा आवद्ध गर्न सुझाव दिनुभयो । सम्पति माथि समान अधिकार स्थापना गर्न महिलाको नाममा बन्ने लालपुर्जाले महिलालाई राहत भएको छ कि छैन, जग्गा पास गर्दा दस्तुर कम लाग्ने भएका कारण मात्र हो कि ? भन्दै प्रश्न गर्नु भयो ।
नेकपा एमाले महिला फाँट इन्चार्ज गोमा देबकोटाले प्रधानमन्त्रि शेरवहादुर देउवाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई तुच्छ शब्द बोलेकोमा खेद प्रकट गर्दै अनेमसंघ भनेको पातको हाँगा हो भन्दै जनवर्गीय संगठन बलियो नभए पार्टी बलियो बन्न नसक्ने हुँदा पार्टीमा समान सहभागीता हुनको निम्ति महिला सदस्यता ५० प्रतिशत पुर्याउन जरुरी रहेको बताउनु भयो ।
अनेमसंघ केन्द्रिय सचिव सुजिता शाक्यले अनेमसंघको विधानमा केन्दिय कमिटिको संख्या ९ सय ५१ रहने व्यवस्था भए पनि हाल ८ सय ६८ जनाको कमिटि बनाएता पनि ४८ जनाले छुट्टै कमिटि बनाएर हिडेका कारण ८ सय २० जनाको कार्य विभाजन गरिएको जानकारी गराउनुभयो ।
अल्पकालिन र दिर्घकालिन योजना बनाएर अनेमसंघ अगाडि बढेको भन्दै २० विभाग गठन भएको र आजैको वैठकले थममाया थापालाई संयोजक तोकेको जानकारी गराउनु भयो । उहाँले अनेमसंघका आगामी कार्यक्रममा तुरुन्त सदस्यता ठेली छाप्ने, प्रशिक्षण सञ्चालन गर्ने, सरकारले गरेका राम्रा काम लिएर जनतामा जाने जानकारी गराउँदै आगामी बैठक साउन १५ गते बस्ने जानकारी गराउनुभयो ।
बैठकमा ७ वटै प्रेदशका इन्चार्जले आ–आफ्नो प्रदेशमा रहेका सबै जिल्लाहरुमा भएका अनेम संघका गतिविधिको बारेमा जानकारी गराएका थिए । यसैगरी प्रचार विभाग प्रमुख शर्मीला कार्की, संघ सस्था विभाग प्रमुख राधा महत, युवा कमिटि प्रमुख दिपा शर्मा, बन तथा भुसंरक्षण सहकारी विभाग प्रमुख पद्यमा अर्याल लगायत विभिन्न विभागका प्रमुखहरुले आ–आफ्नो विभागको प्रगति विवरण सुनाएका थिए । बैठक अनेमसंघका केन्द्रिय संयोजक थममाया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा ७ वटै प्रदेशका १ सय भन्दा बढिको सहभागीता रहेको थियो ।
