Tuesday, April 21सत्यम खबर
Shadow

४३ ग्राम खैरो हिरोइनसहित ३ पक्राउ

नेपालगन्ज, ९ श्रावण – बाँके जिल्ला प्रहरीले ठुलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगर १२ कोरियनपुर स्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक २ जना र नेपालगन्जका स्थानीय १ जनाबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ब्राउन सुगरको कारोबर भईरहेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो सहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलिले छापामारी सो परिमाणमा ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लामो समयबाट बस्नेतको घरमा भाडामा बस्दै आएका लखनउ भारतका मुस्तकिम सिद्दिकीको कोठामा बसिरहेका बहराईच भारत कै सलमान खानले अण्डरवियर भित्र लुकाई राखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले मुस्तकिम सिद्दिकीले प्रयोग गर्दै आएको कोठाबाट मुस्तकिम सहित ब्राउन सुगर बोक्ने सलमान र नेपालगन्ज ११ का आजाद कबडियालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीले ब्राउन सुगर बोक्ने खानबाट उनकै नाममा रहेको प्रेस कार्ड १ थान, उनले प्रयोग गर्दै आएको ९८०४५०९२५९ नम्बरको मोबाईल १ थान, डिजिटल तराजु १ थान बरामद गरेको छ । घर भाडामा लिने मुस्तकिम सिद्दिकीले प्रयोग गर्दै आएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई लागु औषध कोरोबार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *