Monday, April 20सत्यम खबर
Shadow

स्थापना दिवसको अवसरमा रक्तदान

नेपालगन्ज, ९ श्रावण – आफ्नो १३१ औं वार्षिकोत्सवको अवसरमा बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जले आज शनिबार स्थापना दिवसको अवसार पारेर डाक्टरहरुद्वारा रक्तदान गरिएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक सुनिल थापामगरलाई रक्तदान कार्यक्रम संयोजक डा. उर्मिला पराजुलीले रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो भने भेरी अस्पताल नेपालगन्जका निर्मित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा र डा. नबिनचन्द ठकुरीले १–१ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


सो रक्तदान कार्यक्रम मारीमा राना, प्रचण्ड गौतम, शीला शर्मा, प्रिती खडका, उर्मिला जैसी, विकास चौधरी, हबीब बेहना, डा.रामगोपाल तिवारी, देवीबहादुर भण्डारी, सलामुतद्दीन अलीमियाँ, लक्ष्मी बडुवाल, डा. सञ्जय वर्मा, बद्री चापागाईं, लक्षमण चौधरी, डा. राजनमहत, बिनोद बिक, पूजा बुढाथापा, गणेश लामिछाने, अनिल थापा, ज्योति शाही, समिक्षा भण्डारी, भावना श्रेष्ठ, सुशीला भण्डारी, पशुपति रावत, जगतबहादुर कुर्मी, आयुशी शाह, नानुकुवँर पाण्डे, चन्द्रप्रकाश साहू र दीपक गुप्तालगायत ३१ जनाले रक्तदान गर्नु भएको छ ।


सो रक्तदान कार्यक्रममा डा.साकेत रिजाललगायत भेरी अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापा मगर, एलिजा चौधरी, केशर सिंह डाँगीले लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।


बि.सं. १९४७ सालमा पृथ्वी बीर अस्पताल डिसपेन्सरीको नाममा स्थापना भएको थियो । यही श्रावण १२ गते भेरी अस्पताल नेपालगन्जको स्थापना दिवस भएकोले विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *