Tuesday, April 21सत्यम खबर
Shadow

कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज, ५ श्रावण – कसौंधन वैश्य समाजद्वारा १८ वर्षमाथिका सम्पूर्णलाई कोभिड–१९ कोरोना भाईरस विरुद्धका खोप लगाउन माग गरिएको छ ।
कसौंधन वैश्य समाज, कसौंधन वैश्य समाज युवा मञ्च, कसौंधन वैश्य समाज महिला मञ्चलगायतको टीमसँगै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउँदै कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले कोरोना भाईरसको संक्रमणबाट विगतमा नेपालगन्जमा देखिएको अवस्थालाई ध्यानमा राखी पुनः सोही अवस्था नआउन पाओस् भन्ने उद्देश्यका साथ आज सम्बन्धित जिल्ला प्रमुखमार्फत प्रधानमन्त्रीलाई खोप लगाउन ज्ञापनपत्र मार्फत माग गरिएको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले ज्ञापनपत्र बुझ्दै छिटोभन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा बुझाउँने आस्वासन दिनुभयो ।
कसौंधन वैश्य समाजद्वारा बुझाईएको ज्ञापन पत्रमा “यस बाँके जिल्ला लगायत विश्व भरि नै कोरोना (कोभिड–१९) ले गर्दा महामारी फैली धेरै जनताहरुको मृत्यु भएको कुरा सर्वविदित नै छ । कोरोनाको पहिलो लहर तथा दोस्रो लहरमा यो क्षेत्र पश्चिम नेपालको बाँके जिल्ला धेरै नै जोखिममा रहेको तथा यस क्षेत्रका धेरै जनताहरुको ज्यान समेत गुमाएको सर्वविदित नै छ ।” भनी उल्लेख गरिएको छ ।


यसैगरी ज्ञापन पत्रमा “यो क्षेत्रमा अब आउने तेस्रो लहरको डर त्रास सम्पूर्ण जन मानसलाई सताई रहेको र उक्त ठाउँ खुल्ला सिमाना पनि भएकोले यो क्षेत्र बढी जोखिममा छ । तसर्थ हामी जनताको ज्यान जोगाउनको लागि सम्माननीय प्रधानमन्त्री ज्यूसँग आग्रह गर्दछौं कि यस महामारीलाई सरकार पहिलो प्राथमिकतामा राखी हामी नागरिकको सुरक्षार्थ १८ वर्ष माथिको सम्पूर्ण नागरिकलाई तत्काल भ्याक्सीन (खोप) उपलब्ध गराई दिनुहुन तथा तेस्रो लहरको पूर्व नै सुरक्षाको तयारी मुर्त रुपले पहिलेदेखि नै गरि दिनु हुन कसौंधन वैश्य समाज नेपालगन्ज, बाँके अनुरोधका साथ जोरदार माग गर्दछ ।” भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *