Saturday, May 30सत्यम खबर
Shadow

अध्यादेशमार्फत् बजेट ल्याएपछि लुम्बिनीमा विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

बुटवल, १ श्रावण – लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।
मध्यरातमा प्रदेशसभा अन्त्य गरी प्रदेश सरकारले आज अध्यादेशमार्फत बजेट जारी गरेपछि विपक्षी गठबन्धन रुष्ट बनेको छ ।
गठबन्धनले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा तत्काल राजीनामा दिनुपर्ने बताएको हो ।
गठबन्धनले सरकारले प्रदेश सभाबाट बजेट पारित नहुने देखेपछि ‘हठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम’ रहेको बताएको छ ।


पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी, जनता समाजवादी पार्टी सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका तारा जिसीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सरकारको कार्यले लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतमा छ भन्ने पुष्टि गरेको बताएका हुन् ।
उनीहरूले अल्पमतमा रहेको सरकारले बलजफ्ती निरङ्कुश र स्वेच्छाचारी ढंगले अध्यादेशबाट बजेट ल्याएर सरकार सञ्चालन गर्नुभन्दा राजीनामा दिन आग्रह गरे ।
उनीहरूले प्रदेशसभामा टेबुल भएको बजेटमाथि उठेका प्रश्नहरूको विभागीय मन्त्रीहरूले समेत जवाफ दिएपछि निर्णायार्थ पेश गरेपछि प्रदेशसभाबाट भाग्नुको सट्टा अल्पमतमा रहेको स्वीकार गरी मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन र संसदीय परम्परा अनुसार बजेट पारित गर्न माग गरेका छन् । (स्रोतः सेतोपाटी अनलाईन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *