
नेपालगन्ज, ३१ अषाढ – बाँकेको नेपालगन्जमा एकै दिन विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा ५४ जना महिला पुरुषले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुर, माइती नेपाल नेपालगन्ज, माइती युवा सञ्जाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त आयोजनामा आज विहिबार गरिएको रक्तदानमा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालयका नगर प्रमुख डा. धवलशम्शेर राणा र बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रक्तदान जीवनदान मूल नाराका साथ १ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख राणाले शरीरमा रहेको रगत ३ महिनापछि आपैm खेर भएर जाने भएकोले तपाईंको १ पिन्ट रगतबाट कसैको जीवन बच्छ भने अवश्य रक्तदान गर्ने गरौं भनेर अग्राह गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुरका अध्यक्ष बिनोद थापा, माइती युवा सञ्जालका अध्यक्ष मेघबहादुर खत्री, अनुप योगी, भूपेन्द्र रोकाया, प्रकाश बिक, गणेश खडका, खुम लाल, पूजा खत्री, तिलक घिमिरे, कुलबहादुर बिक, गौरव सवेदी, जयराम केसी, प्रकाशकुमार केसी, श्यामकुमार मगर, नारायण गिरी, सर्मिला थापामगर, तिलबहादुर राना, सुरेन्द्र बुढाथोकी, रामचन्द्र रैदास, प्रकाश गिरी, खिमबहादुर डाँगी, कृष्ण अधिकारी, सुरज पौडेल, जितबहादुर चौधरी, हेमन्तकुमार चौधरी, लच्छुराम, अमरबहादुर थारु, गणेशकुमार चौधरी, चन्द्रप्रकाश काँदु, गणेश राई, बालकृष्ण केसी, बल नेपाली, करनबहादुर मल्ल, बिपिन घर्तीमगर, शुसान्त सुवेदी, मेघबहादुर खत्री, सुरेश चौधरी, लोकेन्द्रराज शाही, रमिता चौधरी, मनी बुढा, रोशनी रोकामगर, भरत सिंह, रमिता चन्दा ठाकुरी, शंकर खत्री, अभिशेष चौधरी, बासुदेव ओली, गंगा शाही, जगदीश थारु, लक्ष्मी शाही, निर्मल साहू, शंकरचन्द ठकुरी, जागेश्वरी चौधरी, आयुश न्यौपाने, अमृता केसीलगायत महिला पुरुष गरी ५४ जनाले रक्तदान गर्नु भएको छ ।

कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र अन्य सामाजिक संघ संस्थाका अगुवाहरुमा समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुरका अध्यक्ष बिनोद थापा, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, माइती युवा सञ्जालका अध्यक्ष मेघबहादुर खत्री, नेतृत्वका अध्यक्ष सुरेन्द्र चलाउने, माइती नेपालका पुष्पा सुनार, भिष्मप्रसाद लोध लगायतको सहभागिता रहेको थियो ।

बर्दियाको बढैयाताल गाउँपालिका निवासी निर्मल साहू आफू दुर्घटना परी खुट्टामा पट्टी समेत बाँधेर रक्तदान गर्न आउनु भएको थियो । यस्तो पनि रहेका छन् अर्काको ज्यान बचाउनका लागी रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने गर्दछन् ।

प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार अहिलेको समयमा दैनिक २०–३० पाकेट रगत बिरामीहरुलाई चाही रहेको छ । तर रक्तदान गर्नका लागी हामी सवै संघ संस्थाहरुलाई अनुरोध गरी रहेका छौं । कहिले काँही बिरामीका मानिसहरुले रिसाउँछन् तैपनि हामी नम्रतापूर्वक सम्झाउने बुझाउने गरेका छौं ।
भेरी अस्पताल नेपालगन्जको प्राङ्गणमा रहेको प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, सुनिल थापामगर, एलिजा चौधरी, पुनम थापा, सञ्जय बढही, सरिता सिंहलगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।
