Sunday, April 26सत्यम खबर
Shadow

पार्टीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने जाेड

नेपालगन्ज, १९ अषाढ – राजनीति पार्टीमा ३३ प्रतिशत महिला सहभागीता गराउने कुरा संविधानमा नै उल्लेख गरीसकेको हुँदा हामीले मागी राख्ने होइन पार्टीले अनिवार्य रुपमा पुरा गर्ने कुरा हो । हामीले माग्ने भनेको ५०प्रतिशत हो त्यसको निम्ति हामी महिलाहरुले पनि पार्टीका नीति, विधि, पार्टी पद्धतिका सवालमा चासो राख्ने, अध्ययन गर्ने, जिम्मेवारी लिने र पुरा गर्ने गर्नु पर्छ यसको साथै महिला नेताहरु जबजको बारेमा पनि जानकार हुनुपर्ने भन्दै प्रमुख अथिति तथा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य दिपा शर्माले अनेमसंघले जनताको बहुदलिय जनबादका बारेमा प्रशिक्षण दिनुपर्ने बताउनु भयो ।

अनेमसंघ बाँकेद्धारा आयोजित केन्दिय सदस्यहरुको बैठकमा बोल्दै उहाँले अगामी चुनावमा महिला सहभागीता बढाउन आजैदेखि महिलाको क्षमता बढाउनतिर लाग्नु पर्ने बताउनु भयो ।

अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले महिलाको क्षमता बढाउनको निम्ति पार्टीले महिलालाई जिम्मेवारी दिने र महिलाले पनि आफुले पाएको जिम्मेवारी इमान्दरीपुर्वक पुरा गर्दै जाने हो भने राजनीतिमा महिलाको क्षमता बढाउन सकिन्छ भन्दै पार्टीमा महिलाको सहभागीता बढाउन पार्टी सदस्यता बृद्धि गर्नतर्फ अनेमसंघको टिम लाग्नु पर्ने बताउनु भयो ।

अनेमसंघ केन्द्रिय सदस्य एकमाया विकले आउने चुनावमा महिला उठाउनको निम्ति पार्टीले अहिलेदेखि नै महिलाको छनौट गरी क्षमता विकासमा लाग्नुु पर्ने बताउनु भयो । अनेमसंघ कन्द्रिय सदस्य भारती खनालले महिलाको सहभागीता आर्थिक रूपमा गराउनु पर्नेमा जोड दिनु भयो ।

अनेमसंघ केन्द्रिय सदस्य विजया धितालले राजनीतिमा महिला सहभागीता बढाउन जो जहाँ छौ, त्यहिंबाट अगाडि बढ्नु पर्ने बताउनु भयो ।

अनेमसंघ जिल्ला अध्यक्ष भागवति बरालको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष सुर्य ढकालले आगामी चुनावमा ७७ वटै जिल्लामा महिला बढि सहभागीता गराउने जिल्ला बाँके अध्यक्षको रुपमा आफुलाई चिनाउने चाहना रहेको बताउनु भयो ।

बैठकमा अनेमसंघ केन्द्रिय सदस्य शारदा विक, अनेमसंघ क्षेत्र नं.२ का सचिव अनिता थापा, कोहलपुर नगर कमिटिका सचिव अनिता पौडेल, अनेमसंघ उपाध्यक्ष इता शर्मा लगायतका महिलाहरुले अनेमसंघले गरेका गतिविधिको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *