Monday, May 4सत्यम खबर
Shadow

रोटरि क्लब अफ लमहीद्वारा कन्सन्ट्रेटर सहयोग

दुख हरण यादव
गढवा, १४ अषाढ – रोटरी क्लब अफ लमहिले गढवा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
रोटरी क्लब अफ लमहिका अध्यक्ष रविलाल आचार्यको सभापतित्व र गढवा गाउपालिका वडा नं ६ का अध्यक्ष तथा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष बाल चन्द्र हमालको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ लमहिले कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले कसैको ज्यान न जाओस भन्ने उद्देश्यले सहयोग गरेको कुरामा बक्ताहरुले जोड दिएका थिए ।


कोरोना महामारीको समय ग्रामिण बस्तीका बिरामी तथा संक्रमितहरुलाई स्थानिय स्तरमै सर्वसुलभ सेवा प्रदान गर्ने सक्ने उद्देश्यले गढवा स्वास्थ्य चौकीलाई लगभग १ लाख २० हजार मूल्य बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो ।


रोटरी क्लब अफ लमहीले सामाजिक उत्तरदायित्व बहन गर्दै लमहीमा निशुल्क रुपमा सामुदायिक डाइलसिसी सेवा दिदै आइरहेको जानकारी गराउँदै समुदायको स्वास्थ्यलाई मध्येनजर गर्दै आउँदै गरेको कोरोना डेल्टा भेरिएण्टबाट जोगिन पुर्व तयारी स्वरुप देउखुरी उपत्यकाको चार वटै पालिका अन्तर्गतका प्रमुख स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने कार्यमा गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल बोर्डिङ स्कुल लमहीले शिक्षा र स्वास्थ्यको माध्यमबाट सामाजिक अभियानमा १ लाख सहयोग गरेको र आउने दिनहरुमा यस्ता समाजिक हितको कार्यलाई निरन्तरता दिने गोरखा मोडेल बोर्डिङ स्कुल लमहिका प्रीन्सिपाल लोकमान रिजालले बताउनु भयो ।


राहत सहयोग बुझ्दै स्वास्थ्य चौकी ब्यबस्थापन समिती गढवाका अध्यक्ष बालचन्द्र हमालले कोभिडले सारा देश अकारान्त भइरहेको बेला गढवा स्वास्थ्य चौकिले एउटा मात्र अक्सिजन बाट काम चलाउँदै आइरहेकोमा रोटरी क्लब अफ लमहीको यो महान सहयोगले अब गढवा स्वास्थ्य चौकीले केही हदसम्म थप सेवामा बृद्धि गर्न सक्ने विश्वास लिएको बताउँदै रोटरी क्लब अफ लमहीको यो कार्यको प्रशंसा गर्दै यस्को सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रममा गढवा गाउपालिका स्वास्थ्य संयोजक कैलाश चौधरी,स्वास्थ्य चौकी प्रमुख रुप नारायण चौधरी,समाजसेवि शकुन्तला डिसि, शन्कर पान्डे, समीर खान, श्याम भन्डरी, सन्तोश कौशल लगायत रोटरी क्लब अफ लमहीको टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ लमहीका सचिव केशव घिमिरेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *