
कृष्णनगर, १३ अषाढ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर (नगरपालिका भवन पछाडि) अवस्थित पोखरीको वृहत सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदुपयोग भई आय आर्जन र रोजगारी बृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।
लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सरसफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।
चालु आर्थिक बर्ष २०७७÷७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रमलाई प्राथमिकता दिई सञ्चालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
