Monday, May 4सत्यम खबर
Shadow

हिन्दु स्वयंसेवक संघ द्वारा राहत बितरण जारी

कपिलवस्तु, ११ अषाढ – भारत र नेपालमा बिपदमा बिशेष सहयोग दिंदै आएको प्रख्यात संस्था सेवा इन्टरनेशनलको सहयोगमा नेपालको विभिन्न जिल्लामा अतिआवश्यक सहयोग पुर्याउँदै आएको हिन्दु स्वयंसेवक संघले कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीमा गाउँपालिकाको एकसय गरिब परिवारलाई खाद्यान्न सहयोग बितरण गरेको छ ।

संघको प्रचार विभागका प्रमुख डा. विनय पाण्डेयको विशेष सक्रियतामा संघका कपिलवस्तुका पदाधिकारीहरु वासुदेव चौधरी , दिलिप चौधरीले पकडीमा एक कार्यक्रम आयोजना गरी खाद्यान्न बितरण गरेका छ्न् ।

हालै बाढीबाट पीडित काभ्रेपलान्चोक जिल्लामा पनि राहत बितरण गरिएको थियो । कोरोना महामारीले मारमा परेका अति गरिब, विपन्न परिवारलाई जिविकापार्जनमा समस्या परेको बेला उक्त सहयोग महत्वपूर्ण रहेको सहयाेग पाउनेहरूले बताएका छन् ।

सहयोग प्राप्त गर्दै गरिब परिवारलाई समस्यामा परेकाे बेला थाेरै सहयोग भए पनि महत्वपुर्ण रहेकाे सहयाेग पाउनेहरूले प्रतिकृया दिएका थिए । यस प्रकारको सहयोग निरन्तर जारी रहने कुरा प्रचार प्रमुख डा. पाण्डेयले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *