Monday, May 4सत्यम खबर
Shadow

डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

डुडुवा, ५ अषाढ – संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरिरहेका छन् ।

बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही अषाढ १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने भएकाे छ ।

कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, वन तथा वातावरण, विकास निर्माण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

स्थानीय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ र कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

गाउँपालिकाले विगतका वर्षदेखि सञ्चालन गरेको स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठुला तथा महत्वपूर्ण योजना र वन ऐन लगायतका केही नयाँ विधेयकहरु नवौं गाउँसभामा प्रस्तुत हुने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *