Monday, May 4सत्यम खबर
Shadow

बाँके रेडक्रसको ५४औं स्थापना दिवस मनाइयो

नेपालगन्ज, ३ अषाढ – नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५४औ स्थापना दिवस आज विहिबार नेपालगन्जमा मनाएको छ ।
दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके शाखाका संस्थापक रेडक्रसकर्मीहरुलाई सम्झदै संकटको घडीमा दिनरात खटि काम गर्ने रेडक्रस स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संस्थागत विकासका लागि जिल्ला कार्यसमिति हरसम्भव प्रयासरत रहेको बताउनुभयो ।


शाखा कार्यालयमा आयोजित कार्यक्रममा सभापति गोवर्धन सिंह सम्झना, पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र उपसभापति सुरेन्द्रनाथ सापकोटाले संयुक्तहरुमा केक काटी एकअर्कालाई केक ख्वाएर ५४औ स्थापना दिवस मनाउनु भएको छ ।


कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, उपशाखाका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *