Monday, May 4सत्यम खबर
Shadow

अवधी भाषी पत्रकारलाई लोगो अंकित प्रेस जाकेट वितरण

नेपालगन्ज, १ अषाढ – अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बँकेद्वारा आज मंगलबार अवधी भाषी पत्रकारहरुलाई लोगो अंकित प्रेस जाकेट वितरण गरिएको छ ।
अवधी पत्रकार संघ नेपाल केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र र संस्थापक अध्यक्ष सूर्यलाल यादवको विशेष उपस्थितिमा अवधी पत्रकार संघ नेपाल जिल्ला कार्यालय फुल्टेक्राबाट अवधी भाषी पत्रकारहरुलाई प्रेस जाकेट वितरण गरिएको जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जनाउनुभयो ।


अवधी भाषी पत्रकारहरुलाई समाचार संकलन गर्दा कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ प्रथम चरणमा २० जनालाई विभिन्न सञ्चारमा आबद्ध अवधी भाषी पत्रकारहरुलाई जाकेट वितरण गरिएको केन्द्रिय अध्यक्ष मिश्रले बताउनुभयो ।


कोभिड–१९ को पूर्ण मापदण्डको पालना गर्ने गरी कार्यालय भित्र सानो कार्यक्रमको आयोजना गरी अवधी भाषी पत्रकारहरुलाई जाकेट वितरण गरिएको अवधी भाषी वरिष्ठ पत्रकार तथा आजको सामना साप्ताहिकका प्रकाशक, सम्पादक अजयकुमार गुप्ताले बताउनुभयो ।


जाकेट वितरण गर्दा अवधी भाषी पत्रकारहरुले जाकेटको प्रयोग समाचार संकलन बाहेकको स्थानमा नगर्ने, प्रेस जाकेट प्रयोग गर्दा समाचार संकलनमा अब आउने समस्या समाधान हुने आशा रहेको जिल्ला शाखा अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष मिश्र, संस्थापक अध्यक्ष यादव, आजको सामना सप्ताहिकका गुप्ता, बाँके शाखा कोषाध्यक्ष भरतकिशोर गुप्तालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *