Monday, May 4सत्यम खबर
Shadow

विपदबाट १ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

नेपालगञ्ज, १ अषाढ – जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपद्बाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ ।
त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने अनुमान छ । सोमवार वसेको बैठकले जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्विकृत गरेको छ । समितिको सोमबार बसेको बैठकलले बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिबृद्धिका लागि बर्षा र बाढी सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न संचार माध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


त्यसैगरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दी स्थित राप्ती नदिमा सवै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा अषाढ ११ गते बिहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।


वाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदि तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ । अत्यावश्यक सामाग्री खानेकुरा, कपडा, औषधी, पानीहरुको आवश्यक भण्डारण गर्ने, महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेको छ ।


नजिकको नदी, नालामा पानीको वहावको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वताउनु भयो ।
त्यसैगरी बाकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समय मै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *