Monday, May 4सत्यम खबर
Shadow

जनमत त्रैमासिक रक्तदानमा १० जना महिला सहित ४१ जनाले रक्तदान गरे

नेपालगन्ज, ३१ जेष्ठ – जनमत अद्र्ध साप्ताहिकले एस.ओ.एस. युवालय नेपालगन्जको सहकार्यमा विश्व रक्तदाता दिवस–२०२१ तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस र एसओएसका संस्थापक डा. हर्मन माइनरको १०२ औं जन्मजयन्तिको अवसरमा आयोजना गरेको जनमत त्रैमासिक रक्तदान कार्यक्रममा १० जना महिला सहित ४१ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम” को ४९ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जानकारी जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा रक्तदान दिनेहरुमा नियमित रक्तदाता नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य झलक गैरे, महासंघका केन्द्रीय पार्षद् तथा अन्नपूर्ण दैनिकका व्यरो प्रमुख शंकर प्रसाद खनाल, रेडियो कृष्णसारका शम्भू थारु हुनुहुन्छ ।
त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, भगवानशरण यादव, होमराज गिरी, विनोदकुमार वैश्य लगायतले रक्तदान गरेका थिए ।
रक्तदाताहरुमा समाजिक अभियन्ता दिला शाह, एस.ओ.एस.का रमी शाक्य, भिमा बस्नेत, कृष्णा के.सी, जया बुढा, कञ्चन बस्नेत, स्वेता विष्ट, सिमरन श्रेष्ठ, सरिता वैश्य, विवेककुमार वैश्य, गुरुदीन यादव, धर्मेन्द्र सिंह, रोहित गुप्ता, अवधेशकुमार यादव, धनबहादुर धामी, हस्तबहादुर गुरुङ, रुस्तम अली दर्जी लगायत थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरि, सोमप्रसाद सापकोटा, सुनील पुलामी मगर, पुनम थापा, बैकुण्ठ रेग्मी, केशर सिंह क्षेत्रीको प्राविधिक टोली र आकाश जायसवाल तथा मनमोहन वर्माले सहयोग गर्नु भएको थियो ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।
एस.ओ.एस. युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, मीना तुलाधर लगायतको सक्रिय सहभागिता रहेको थियो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
रक्तदान कार्यक्रम अघि विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, बाँकेले राखेको कार्यक्रममा मानव जीवनमा रगत र रक्तदानको महत्वका विषयमा चर्चा गरिएको थियो ।
सो अवसरमा अध्यक्षको आसनबाट बोल्दै नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाले रगत बिना मानव जीवन असम्भ छ, त्यसैले रक्तदान नै जीवन दान हो भन्दै रक्तदान गर्नेहरु महान हुन् र रक्त सञ्चार सेवा सञ्चालन गरेर रक्तदाताहरुलाई रेडक्रसले उत्प्रेरित गर्दै आएको बताउनु भयो । उहाँले पश्चिम नेपालमा संस्थागत रुपमा हरेक तीन महिनामा रक्तदान कार्यक्रमको अभियान सञ्चालन गर्ने जनमत नै भएको जानकारी दिनु भयो ।
कार्यक्रममा स्वास्थ्य संयोजक राजकुमार वर्माले स्वागत मन्तव्य दिनु भएको थियो भने रेसक्रस सोसाइटी बाँकेकी अधिकृत सरिता सिंहद्वारा सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, भगवानशरण यादव, होमराज गिरी, विनोदकुमार वैश्य लगायतले रक्तदान गरेका थिए ।
रक्तदाताहरुमा समाजिक अभियन्ता दिला शाह, एस.ओ.एस.का रमी शाक्य, भिमा बस्नेत, कृष्णा के.सी, जया बुढा, कञ्चन बस्नेत, स्वेता विष्ट, सिमरन श्रेष्ठ, सरिता वैश्य, विवेककुमार वैश्य, गुरुदीन यादव, रुस्तम अली दर्जी थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरि, सोमप्रसाद सापकोटा, सुनील पुलामी मगर, पुनम थापा, बैकुण्ठ रेग्मी, केशर सिंह क्षेत्रीको प्राविधिक टोली र आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
रक्तदान गर्नेहरुमा निरजमान श्रेष्ठ, शेरबहादुर बोहरा, श्वेता बज्राचार्य, मन मोहन बर्मा, गौतम प्रसाद पौडेल, खम्ब प्रसाद पुन, मनिषा घर्ती, दिपक गुप्ता, राकेशकुमार मिश्र, रमेशकुमार बर्मा, राजितराम अहिर, मानबहादुर चौधरी, दिला शाह, विष्णु केसी, पवनकुमार वैश्य, बिनोदकुमार वैश्य, जगतबहादुर बर्मा, झलक गैरे, कृष्णा बडु, कृष्णा खत्री, शम्भुप्रसाद थारु, पप्पुकुमार जायसवाल, जागेश्वर सिंह थारु, प्रतिक सापकोटा, लक्ष्मणकुमार वैश्य, दुर्गा रोकाय, मघराज जिएम, होमराज गिरी, राजु चिडिमारलगायतले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *