
नेपालगन्ज, ३१ जेष्ठ – बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायविच भर्चुअल सम्वाद गरिएको छ ।
सम्वादका सहभागिहरुले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरि स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै तेस्रो लहरको पुर्व तयारी गनुपर्ने बताएका थिए ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज सोमबार गरेको भर्चुअल सम्वादका सहभागिहरुले कोरोना नियन्त्रणका लागि विभिन्न व्यक्ती तथा संस्थाहरुले प्रचार प्रसारका लागि स्वास्थ्य सामाग्री वितरण गरिएकाले वास्तविक चाहिने गरिब तथा अतिविपन्न नागरिकलाई वेवास्ता गरिएको बताएका थिए ।
अहिलेको अवस्थामा बजारमा खाद्यान्न लगायत सामाग्रीमा मुल्यबृद्धि, घरेलु हिंसा जस्ता विभिन्न घटना बढेको र दैनिक मजदुरी गर्ने नागरिकको मानवअधिकार संरक्षण गर्नुपर्ने कुरामा सहभागिहरुले स्थानीय सरकार तथा प्रशासनको भुमिका प्रभावकारी बनाउनु पर्ने माग गरेका थिए ।
सम्वादमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोभिड संक्रमणको महामारीको अवस्था र पहलका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
छलफलमा बर्दिया बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र धिताल, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, गुलरिया नगरपालिकाका अधिकृत कपिल घिमिरे लगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सम्वादमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले सहजीकरण गर्नुभएको थियो ।
छलफलमा नागरिक समाज, अधिकारकर्मी, लक्षित वर्ग तथा अन्य सरकारी तथा गैरसरकारी निकायका करिब ५० जनाको सहभागिता रहेको कार्यक्रम अधिबृत प्रतापसिंह थारुले जानकारी दिनुभयो ।


