Friday, November 22सत्यम खबर
Shadow

कोरोना महामारीमा रेरीको सहयोग

नेपालगन्ज, २८ जेठ
कोरोना नियन्त्रण तथा प्रतिकार्यका लागि भन्दै रारा मानवीय तथा वातावरण्ीय बिकास प्रयास (रेरी) ले कोरोना संक्रमित र कोरोना आईसोलेसनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने एक करोड बढीका स्वास्थ्य समाग्री सहयोग गरेको छ ।
बाँके, बर्दिया, दाङ, सल्यान, कैलाली, कंचनपुर जिल्लाका अस्पतालले संचालन गरेका आईसोलेसनदेखि स्थानीय तहले संचालन गरेका आईसोलेसन केन्द्रका लागि एक करोड बिस लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई, मास्क, सेनीटाईजर सहयोग गरेको हो ।


कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मानवीय सहयोग गर्ने उद्देश्यले रेरीले आफ्नै आन्तरिक कोष, बिभिन्न संघसंस्था र बिदेशबाट सहयोग संकलन गरि ६ जिल्लाका बिस बढी आईसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
रेरीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस भवनमा खजुरा गाउँपालिकाले संचालन गरेको आईसोलेसन केन्द्रलाई एक थान कन्सन्ट्रेटर, ५ थान अक्सिमिटर र पिपिई ६२ थान गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति मार्फत हस्तान्तरण गरेको छ ।
दाङदेखि कंचनपुरसम्मका ६ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै बाँकेको भेरी अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी र उनीहरुका कुरुवाका लागि दिवा खाजा बैंक स्थापना गरेर सहयोग गरेको रेरीले जनाएको छ । उनले खाद्य बैंक समेत स्थापना गरि कोरोना महामारीको चपेटामा परेर खान नपाएकालाई घरमै गएर खाद्य सामाग्री समेत दिंदै आएको बताए ।
रेरी बाँकेले पहिलो चरणको कोरोना संक्रमणको अवस्थादेखि दोश्रो चरणको अवस्थामा बिभिन्न संघ संस्था र बिदेशमा रहेका ब्यक्तिको सहयोगमा प्राप्त रकमबाट भेरी अस्पतालमा दिवा खाजादेखि बाँके कै चिसापानीमा खाद्य बैंक स्थापना गरेर सहयोग उपलब्ध गरेको रेरीले जनाएको छ ।
उनले कोरोना नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य क्षेत्र हातेमालो गर्दै दाङदेखि कंचनपुरसम्मका ६ जिल्लामा रहेका अस्पताल र स्वास्थ्य चौकीहरुमा करिब २० थान अक्सिजन कन्सन्ट्रेटर, ६ सय २२ पिपिई सेट र २ सय बढी अक्सिमिटर बितरण गरिएको बताए ।
रेरीले सहयोग गरेको एक थान र जिल्ला प्रशासन कार्यालय बाँकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर सहित अब खजुरा आईसोलेसन केन्द्रमा २ थान अक्सिजन कन्सन्ट्रेटर थपिएकोमा रेरीलाई धन्यबाद दिदै कोरोना संक्रमणको तेश्रो भेरिन्टको लागि पूर्व तयारीमा जट्ने खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *